Check Mail Feedback

बालकथा तथा छन्द कविता लेखन तालिम

बालकथा तथा छन्द कविता लेखन तालिम समारोह, निर्वाचन क्षेत्र नं. ३ को आयोजना तथा इस्ट पोल मा. वि. जोरपाटी, काठमाडौँको सहआयोजनामा तीन दिने बाल कथा लेखन तथा छन्द कविता लेखन कार्यशाला सम्पन्न भएको छ । ०७४ वैशाख १४, १५ र १६ गते संचालन भएको यस कार्यशालामा बालकथा लेखन तालिमका लागि नेपाल बालसाहित्य समाजका उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल तथा सचिव यशु श्रेष्ठले सहजीकरण गर्नु भएको थियो भने छन्द कविता लेखनतर्फ नेबासासका आजीवन सदस्य डा. रामप्रसाद ज्ञवाली तथा देवी नेपालले गर्नु भएको थियो । काठमाडौँको जोरपाटी स्थित इस्ट पोल मा.वि.मा संचालन भएको उक्त कार्यशालामा ४२ निजि विद्यालयका १६० भन्दा बढी विद्यार्थी तथा प्रत्येक स्कुलबाट एक एक जना शिक्षक÷शिक्षिकाले स्कुल प्रतिनिधिको रूपमा सहभागिता जनाउनु भएको थियो । साहित्यकार वेदमणि घिमिरे ‘गोविन्द’ ले संयोजन गर्नु भएको कार्यशालाको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले गर्नुभएको थियो । नेबासासका सल्लाहकार श्री विजय चालिसे लगायतका अतिथि महानुभावहरुले आआप्mना मन्तव्य व्यक्त गर्नु भएको थियो । समापन समारोहमा प्रमुख अथिति नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगा उप्रेती लगायत विशिष्ट अतिथि, अथितिज्यूले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । विशिष्ट अथिति निर्वाचन क्षेत्र नं ३ का सभासद श्री रामेश्वर फँुयालले आप्mना सान्दर्भिक मन्तव्यका साथै कविता वाचन गर्नु भएको थियो । कार्यव्रmममा सहभागीका साथै अतिथिज्यूहरुले पनि कथा, कविता वाचन गर्नु भएको थियो ।