Check Mail Feedback

बालसाहित्य समीक्षा कार्यशाला सम्पन्न

नेपाली बालसाहित्यमा बालसाहित्यको समीक्षा एकदमै कम हुने र पत्रपत्रिकाहरूमा त झनै कम प्रकाशित हुने वा पत्रपात्रिकाले समेत खासै चासो नदिने अवस्था रहेको छ । यस अवस्थालाई ध्यानमा राख्दै २०७५ असार ३० गते कथावाचक समाजको प्राविधिक सहयोगमा काठमाडौँको गोठाटारस्थित श्री श्रमशील मा.वि.मा बालसाहित्य समीक्षा सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको थियो । कथावाचक समाजका महासचिव श्री यशु श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा ६ कक्षादेखि ९ कक्षासम्मका ४० जना बालबालिकाहरू सहभागी थिए । कार्यशालामा बालसाहित्यको समीक्षा कसरी गर्न सकिन्छ ? समीक्षालाई कसरी पत्रपत्रिकासम्म पु¥याउन र प्रकाशित गर्न सकिन्छलगायत विषयहरूमा केन्द्रित रही बालबालिकाहरूलाई यस बारेमा प्रष्ट बनाइएको थियो । कार्यशालाको अन्त्यमा बालबालिकाहरूको श्रमालय सिर्जनशील क्लब गठन गरी यस क्लबका माध्यमबाट प्रशस्त सिर्जनशील कार्य अगाडि बढाउने गरी वृहत् छलफल भएको थियो । कार्यशालामा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापकलगायत आधा दर्जन शिक्षकहरूको समेत प्रत्यक्ष सहभागिता रहेको थियो ।