सम्झौतापत्र हस्ताक्षर कार्यक्रम
रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका तर्फबाट देशीय निर्देशक पुष्कर श्रेष्ठले नेबासास र रुम टु रिडका तर्फबाट गरिने पञ्चवर्षीय योजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा रुम टु रिडका तर्फबाट अनन्त वाग्लेले पञ्चवर्षीय योजना तयार भएको प्रतिवेदनलाई प्रस्तुत गर्नुभयो भने नेपाल बालसाहित्य समाजका महासचिव यशु श्रेष्ठले बृहत् रूपमा बालसाहित्य महोत्सव मनाउनका लागि कार्ययोजनाहरू प्रस्तुत गर्नुभयो । साथै, रुम टु रिडका दिनेश सञ्जेलले बालपुस्तक प्रकाशन शैली एवं स्तरीकरणको खाका प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा रुम टु रिडका तर्फबाट नेत्र दाहाल, पवन सिं कार्की, विपिन सोडारी, हरि पोखरेल तथा नेबासासका तर्फबाट उपाध्यक्ष प्रमोद प्रधान, सचिव यादेवी ढकाल, कोषाध्यक्ष राजेन्द्रभक्त जोशी, कार्यसमिति सदस्य मन्जु ज्ञवाली, शान्ति सापकोटा तथा सजनी नौबागेको उपस्थिति रहेको थियो ।