२५ अाैँ राष्ट्रिय बालसाहित्य सम्मेलन खाेटाङमा
२५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा
दिक्तेल, खोटाङ– नेपाल बालसाहित्य समाजको २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङ जिल्लाको दिक्तेलरुपाकोटमजुवागढी नगरपालपिकामा भव्यताका साथ सुसम्पन्न भएको छ । २०७४ फागुन २५ र २६ गते सम्पन्न २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य तथा दिक्तेलरुपाकोटमजुवागढी नगरपालिकाको स्थानीय आयोजना अनि सरस्वती मा.वि. दिक्तेल, पञ्च मा.वि. दिक्तेल, दिक्तेल अङ्ग्रेजी बोर्डिङ स्कुल, माउन्ट एभरेष्ट बोर्डिङ स्कुल, दिक्तेल, सावित्रा मा.वि., बाम्राङ, कालिका मा.वि. नेर्पा, शितला मा.वि. खाल्ले, सरस्वती आ.वि. पोखरी, सुर्केडाँडा आ.वि. बाम्राङ, आदर्श शिक्षा सदन, दिक्तेल, जालपा मा.वि. नुनथला, जनता आ.वि. नेर्पा, युवावर्ष प्रा.वि. दिक्तेल र शुभम् फाउण्डेशन÷जनजागृति आ.वि. दिक्तेलको स्थानीय सहआयोजनामा सुसम्पन्न भएको हो ।
सम्मेलनको सहयोगी संस्थाको रूपमा राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान, नेपाल, खोटाङ गजल मञ्च, अखिल नेपाल लेखक संघ, खोटाङ, टेम्के तुवाचुङ प्रतिष्ठान, खोटाङ, साइनो कला केन्द्र, खोटाङ, बालसेवा समाज, नेर्पा, प्रलेस खोटाङ, उद्योग बाणिज्यस संघ, दिक्तेल, सव्रिmय वचत तथा ऋण सहकारी संस्था लि. दिक्तेल, दिक्तेल वचत तथा ऋण सहकारी संस्था लि. दिक्तेल, लालुपाते सहकारी संस्था लि., दिक्तेल र श्रेष्ठ स्टेशनरी एण्ड बुक्स सेन्टर, दिक्तेल तथा मिडिया पार्टनर हलेसी एफ.एम. दिक्तेल, रुपाकोट एफ.एम. दिक्तेल, खोटाङ खबर साप्ताहिक, हलेसी टाइम्स दैनिक र रुपाकोट साप्ताहिक रहेका थिए ।
सम्मेलनमा प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. देवीप्रसाद सुवेदी, प्रा. डा. महादेव अवस्थी, प्रा. डा. कपिलदेव लामिछाने, प्राज्ञ नर्मदेश्वरी सत्याल, तेजप्रकाश श्रेष्ठ, बुँद राना तथा श्रीमती राना, के.के. कर्माचार्य, डा. शैलेन्दुप्रकाश नेपाल, प्रमोद प्रधान, डा. ऋषिराम शर्मा, डा. विष्णु कुमार खत्री, डा. ध्रुव घिमिरे, डा. रेणुका थापा सोलु, डा. धनप्रसाद सुवेदी, डा. यादेवी ढकाल, प्रदिप लामा बम्जन, विजयराज आचार्य, अमर कुमार प्रधान, हरिप्रसाद भण्डारी, उद्धवप्रसाद प्याकुरेल, जयप्रसाद लम्साल, छायादत्त न्यौपाने, होमनाथ भट्टराई, सुसीला प्रधानाङ्ग, तारावदन श्रेष्ठ, शाशी थापा पण्डित, मधुसुदन घिमिरे, नरेशवीर शाक्य, अनुराधा शर्मा, सिर्जना शर्मा, गङ्गा पौडेल, खेमलाल पोखरेल, अनिता सापकोटा, हरि पौडेल, सोनाम तामाङ, समित श्रेष्ठ, यशु श्रेष्ठ र स्थानीय शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
नेवासासका अध्यक्ष श्री तेजप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश नं. १ का सभा सदस्य श्री उषाकला राई तथा संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुले गमलामा रोपिएको विरुवामा पानी सिंचित गरेर कार्यव्रmमको उद्घाटन गर्नुभएको थियो भने प्रमुख अतिथि, संस्थापक अध्यक्ष, विशेष अतिथि प्राज्ञ नर्मदेश्वरी सत्याल तथा अतिथि नगर प्रमुख दीपनारायण रिजालद्वारा संयुक्त रूपमा बालपुस्तक प्रदर्शनीको उद्घाटन गरिएको थियो । प्रदर्शनीमा २०० भन्दा बढी बालपुस्तकहरु रहेको थियो । अतिथिको रूपमा बालिका प्रमिसा गिरी र बालक मृदुल जोशी पनि रहनुभएको थियो ।
उद्घाटन समारोहमा २०७३ सालको नेबासास सर्वोत्कृष्ट चित्राङ्कन पुरस्कारद्वारा पुरस्कृत सोनाम तामाङ र समित श्रेष्ठलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा स्थानीय विभिन्न झाँकी र नृत्य प्रस्तुतहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमै खोजी प्रकाशनका १३, बालसंसार प्रा.लि.का ७, भुँडिपुरान प्रकाशनको १, स्वदेश प्रकाशनका २ र कथालय इन्कको २ गरी २५ ओटा बालपुस्तकहरुको लोकार्पण गरिएको थियो । लोकार्पित पुस्तकबारे नेबासासका महासचिव प्रमोद प्रधानले प्रकाश पार्नु भएको थियो ।
उद्घाटन समारोह पश्चात कक्षाकोठामा लोकबालसाहित्यको प्रयोग (प्रा.डा. कपिलदेव लामिछाने), अभिभावक र बालसाहित्य (गङ्गा पौडेल), बालसाहित्यमा बालअधिकार (मधुसूधनप्रसाद घिमिरे), नेपाल भाषामा बालसाहित्य (नरेशवीर शाक्य), शिक्षण सिकाइमा बालगीत÷संगीत÷कविताको प्रयोग (ऋषिराम शर्मा), खोटाङ जिल्लाको बालसाहित्यको अवस्था (रामविव्रmम थापा), विद्यालय शिक्षामा बालसाहित्य (डा. धनप्रसाद सुवेदी), बालसाहित्य सिर्जनाका चुनौती (छायादत्त न्यौपाने) अभिभावकका लागि बालपुस्तकको आवश्यकता र महत्व (यशु श्रेष्ठ)ल गायतका विषयहरुमा कार्यपत्र प्रस्तुति, छलफल तथा शिक्षक र अभिभावकहरुसँग अन्तव्रिर्mया गरिएको थियो ।
सम्मेलनको दोस्रो दिन बालबालिकाहरुमा लागि कथा लेखन, कविता लेखन, चित्र लेखन, नाटक मञ्चन, सिर्जनात्मक लेखन, वाचनकला सिकाइ, रेडियो कार्यव्रmम उत्पादन तथा प्रस्तुति, डायरी लेखन प्रशिक्षण भएको थियो भने पठन सीप र बालसाहित्य विषयमा बालबालिका, सर्जक, शिक्षक र अभिभावकसँग अन्तव्रिर्mया गरिएको थियो । कार्यव्रmममा बालबालिकाहरुले कथा÷कविता वाचन, नाटक मञ्चन तथा क्यारिकेचर गरेका थिए । नेबासासका कार्यसमिति सदस्य श्री प्रदिप लामा बमजनले विविध सांस्कृतिक कार्यव्रmम पस्कनु भएको थियो ।
सम्मेलनको दोस्रो दिन नगर प्रमुख दीपनारायण रिजालको सभापतित्व, प्रा.डा. चूडामणि बन्धुको प्रमुख अतिथित्यमा समापन समारोह सम्पन्न भएको थियो । समापन समारोहमा स्थानीय आयोजक, स्थानीय सहआयोजक, सहयोगी संस्था, मिडिया पार्टनर, सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने स्थानीय आयोजकहरुको तर्फबाट नेबासासबाट पाल्नुहुने अतिथिगणहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
२५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन नेबासासका कार्यसमिति सदस्य यादेवी ढकालको संयोजन, आजीवन सदस्य रामविव्रmम थापाको स्थानीय संयोजन तथा स्थानीय शरण खत्री मृदुल र ध्यान बहादुर राईको सहसंयोजनमा सम्पन्न भएको थियो ।