२७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन

सौराहा, चितवन– नेपाल बालसाहित्य समाजको आयोजनामा २७ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन चितवन जिल्लाको झुवानीमा भव्यताका साथ सुसम्पन्न भएको छ ।

२०७९ फागुन २४ र २५ गते सम्पन्न उक्त सम्मेलन भरतपुर महानगरपालिका (भरतपुर प्रज्ञा प्रतिष्ठान) नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, रत्ननगर नगरपालिका, रत्ननगरसँगको सहआयोजना, झुवानी सामुदायिक पुस्तकालय, झुवानी माध्यमिक विद्यालयको स्थानीय आयोजना तथा राष्ट्रिय वाणिज्य बैङ्क, कोपिला नेपाल, थाङ फाउन्डेसन, रिड नेपाल, झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्था, मृगकुञ्ज उपभोक्ता समितिको सहयोगमा सुसम्पन्न भएको हो ।

सम्मेलनमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा. कर्णबहादुर बानियाँ, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा.विष्णु के.सी., डा. पुष्करराज भट्ट, डा. जयन्ती रुपाखेती, डा. यादेवी ढकाल, डा. जयप्रसाद लम्साल, श्री इन्दिरा दली, श्री तेजप्रकाश श्रेष्ठ, श्री भोलाकुमार श्रेष्ठ, श्री नर्मदेश्वरी सत्याल, श्री दुर्गाप्रसाद पाण्डे, श्री रह शर्मा, श्री विजयराज न्यौपाने, श्री रविन नेपाली, श्री सुशीला प्रधानाङ्ग, श्री ललिता दोषी, श्री अनुराधा, श्री उद्धव प्याकुरेल, श्री बासु राना, श्री सविना सिन्धु, श्री सजनी नौवागे, श्री अर्पिता शाक्य, श्री भानु भट्टराई, श्री पल्पसा मानन्धर, श्री आन्विका गिरी, श्री बिनिता बुद्धाचार्य, श्री देवु लुइँटेल, श्री नीति श्रेष्ठ, श्री यशु श्रेष्ठलगायत दुई सय पचासभन्दा बढी स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी तथा विषय विशेषज्ञहरूको उल्लेखीय सहभागिता रहेको थियो ।

नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री इन्द्रप्रसाद रेग्मी, विशेष अतिथि प्राज्ञ डा. कौशिला रिसाल, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रा. डा. चूडामणि बन्धु, संस्थापक अध्यक्ष नेबासास तथा अतिथिहरूमा केशव आचार्य, झुवानी सामुदायिक पुस्तकालय, कृष्ण खतिवडा, झुवानी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष, वासुदेव ढुङ्गाना पुस्तकालय अभियन्तालगायत शिक्षक, अभिभावक, पत्रकार, बालबालिका तथा स्थानीय महानुभावहरू रहनुभएको थियो । सो समारोहमा वडाध्यक्ष बालकृष्ण चापागाईँले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन तथा ब्यानर पठन गरेर कार्यव्रmमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहभन्दा पहिला देशका विभिन्न स्थानहरूबाट पाल्नुभएका विज्ञ र विशेषज्ञहरू, स्थानीय रूपमा सहभागी विशेषज्ञ, बालबालिका, शिक्षक र अभिभावकसमेत गरी सयभन्दा बढी महानुभावहरूको सहभागितामा पढाइ हिँडाइ कार्यक्रम गरिएको थियो । पढाइ हिँडाइ कार्यक्रममा एक आपसमा पढाइका कुरा गर्ने, बालबालिका, शिक्षक र अभिभावकले किन पढ्नुपर्छ भनेर छलफल गर्ने, कथावाचन गर्ने आदि गर्दै झुवानी गाउँ परिक्रमा गरिएको थियो ।

उद्घाटन समारोहमा २०७५, ०७६ र ०७७ सालको नेबासास सर्वोत्कृष्ट लेखन÷चित्राङ्कन पुरस्कारद्वारा पुरस्कृत रविन नेपाली, पारुको पुतली (२०७५) लेखन, ८ वर्षभन्दा तलका लक्षित समूह, देवु लुइँटेल, मेरो गाउँ (२०७६) लेखन, ८ वर्षभन्दा तलका लक्षित समूह, दुर्गा प्र. पाण्डे, कुम्भको किरो (२०७७) लेखन, ८ वर्षभन्दा तलका लक्षित समूह, आन्विका गिरी, आमाले सक्नुहुन्छ (२०७५) लेखन, ८ वा सोवर्षभन्दा माथिका लक्षित समूह, विनय कसजू, बोकाको आत्मकथा (२०७६) लेखन, ८ वा सोवर्षभन्दा माथिका लक्षित समूह, विष्णु के.सी., मामाघर पोखरा (२०७७) लेखन, ८ वा सोवर्षभन्दा माथिका लक्षित समूह तथा अर्पिता शाक्य र पल्पसा मानन्धर, इम्जाको झस्को (२०७५) चित्राङ्कन, बिनिता बुद्धाचार्य, मनोहरको मुरली (२०७६) चित्राङ्कन, नीति श्रेष्ठ, छमछमको छमछमी (२०७७) चित्राङ्कनतर्फका स्रष्टाहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक पुरस्कारको राशि रु १०,०००।– को रहेको छ । उद्घाटन समारोहमै प्रदेशगत बालसाहित्यको अवस्था विषयक ‘बाल –साहित्य’ जर्नल र रह शर्माद्वारा लिखित ‘म’ शीर्षकको बालकविता सङ्ग्रहको लोकार्पण पनि गरिएको थियो । लोकार्पित पुस्तकबारे नेबासासका महासचिव तथा कार्यक्रम सञ्चालक यशु श्रेष्ठले प्रकाश पार्नुभएको थियो । स्वयम् स्रष्टाद्वारा पुस्तकभित्रबाट एउटा कविता वाचनसमेत गरिएको थियो । उक्त समारोहमै नेबासासद्वारा यसै वर्षबाट प्रदान गर्न प्रारम्भ गरिएका अन्य थप पुरस्कारहरू पनि विभिन्न स्रष्टा, द्रष्टा एवम् बालबालिकाहरूलाई प्रदान गरिएको थियो । थप पुरस्कारहरूमध्ये रु १५०००। राशिको ‘नेबासास ध्रुवसुशीला बालसाहित्य अनुसन्धान पुरस्कार’ (२०७९) प्रा.डा. चूडामणि बन्धुलाई, ‘नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार’ (२०७९) रु १५०००।– राशिको डा. भूपहरि पौडेललाई, रु १५०००। राशिको ‘नेबासास चूडाचरण बालजीवनी पुरस्कार’ (२०७९) श्री गोपाल पराजुलीलाई प्रदान गरिएको थियो । यसै गरी स्थानीय पुस्तकालयको अभिलेखका आधारमा पठनशील बालबालिका सम्मान (२०७९), बालिका अर्विना चौधरीलाई, पठनशील शिक्षक सम्मान (२०७९) शिक्षक सीता थनेतलाई, पठनशील अभिभावक सम्मान (२०७९) अभिभावक कृष्ण प्र. रिमाललाई प्रदान गरिएको थियो ।

सोहीक्रममा यसै वर्षबाट थालनी भएको ‘नेबासास अक्षर सदन सुन्दर हस्त लेखन पुरस्कार’ स्थानीय विभिन्न विद्यालयका कक्षा छदेखि आठ कक्षासम्मका विद्यार्थीहरूका बिचमा हस्तलेखन प्रतियोगिता गराई सोको मूल्याङ्कन समितिको निर्णयानुसार प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई क्रमशः रु. ४०००, ३००० र २००० राशिसहितको प्रमाणपत्र उक्त पुरस्कारका संस्थापक अक्षर सदनका अध्यक्ष प्रा.डा. चूडामणि बन्धुबाट प्रदान गरिएको थियो ।

उद्घाटन समारोहमा नेबासासका अध्यक्षले अध्यक्षीय मन्तव्य दिनुभएको थियो भने पुस्तकालय अभियन्ता बासुदेव ढुङ्गाना, विशिष्ठ अतिथि, प्रमुख अतिथिलगायतका व्यक्तित्वहरूले बालसाहित्यको महŒव र उपयोगिताका बारेमा प्रकाश पार्नुभएको थियो । झुवानीमा यस्तो कार्यक्रम भएकोमा खुसी व्यक्त गर्दै वक्ताहरूले यसको पूर्ण सफलतको कामना गर्नुभएको थियो ।

सम्मेलनका दुवै दिन ६०० भन्दा बढी बालपुस्तकहरूको प्रदर्शनी गरिएको थियो । यसको संयोजन डा. जयन्ती रुपाखेती र बासमती रानाले गर्नुभएको थियो । सो अवसरमा समानान्तर रूपमा बालबालिकाहरूको उल्लेख्य सहभागितामा विभिन्न कार्यशालाहरू सञ्चालन भएका थिए ।

यसक्रममा ‘बालबालिका र बालपुस्तकहरू पठन’मा केन्द्रित अन्तरक्रिया कार्यक्रमको सहजीकरण सजनी नौबागेले गर्नुभएको थियो भने ‘बालसाहित्यिक सन्दर्भमा शिक्षक तथा अभिभावकहरूसँग अन्तरक्रिया’ को संयोजन प्रा.डा. चूडामणि बन्धुले गर्नुभएको थियो । यसै गरी बालकथा लेखन कार्यशालाको सहजकर्ता प्रा.डा. कर्णबहादुर बानियाँ र डा. पुष्करराज भट्ट, बालकविता लेखन कार्यशालाको सहजकर्ता ललिता दोषी, बालचित्र लेखन कार्यशालाको सहजकर्ता भानु भट्टराई, अर्पिता शाक्य, पल्पसा मानन्धर र नीति श्रेष्ठ, सुन्दर हस्त लेखन कार्यशालाको सहजकर्ता विनिता बुद्धाचार्य, बालकथा वाचन कार्यक्रमको सहजकर्ता सुशीला प्रधानाङ्ग र सविना सिन्धु र भित्तेपत्रिका लेखन कार्यशालाको सहजकर्ता डा. जयप्रसाद लम्साल र उद्धव प्याकुरेल हुनुहुन्थ्यो । दुई दिनसम्म सञ्चालित बालकथा लेखन, बालकविता लेखन, भित्ते पत्रिका निर्माण, कथाकविता वाचन जस्ता कार्यशालामा सिर्जित उत्कृष्ट बालसिर्जनालाई पुरष्कृत गरिएको थियो भने कार्यशालामा सहभागी हुने प्रत्येक बालबालिकालाई प्रमाणपत्र, एउटा बालपुस्तक र डायरी प्रदान गरिएको थियो । सो कार्यशालामा रत्ननगर नगरपालिका अन्र्तगतका प्रायः सबै सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

उद्घाटन समारोहपश्चात् दुवै दिन समानान्तर रूपमा कार्यपत्र प्रस्तुति सत्र सञ्चालनमा रहेको थियो । पहिलो दिनको कार्यपत्र प्रस्तुति सत्रको संयोजक प्राज्ञ डा. कौशिला रिसाल रहनुभएको थियो भने टिप्पणीकार प्रा.डा. ध्रुवकुमार घिमिरे रहनुभएको थियो । कार्यपत्र प्रस्तोताहरूमा प्रा.डा. कपिलदेव लामिछाने, डा. यादेवी ढकाल, तेजप्रकाश श्रेष्ठ, विजयराज न्यौपाने र बासमती राना हुनुहुन्थ्यो । घोषणापत्र तयारीमा संयोजक प्रा.डा. चूडामणि बन्धु, सदस्यहरू प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. ध्रुवकुमार घिमिरे, शशीकिरण रेग्मी तथा डा. यादेवी ढकाल हुनुहुन्थ्यो ।

सम्मेलनको दोस्रो दिन पनि पहिलो दिनका विभिन्न सत्रहरू पहिलो दिनकै सहजकर्ताहरुद्वारा सञ्चालन भएका थिए भने कार्यपत्र कार्यपत्र प्रस्तुति सत्रको संयोजक प्रा.डा. कपिलदेव लामिछाने, टिप्णीकार प्रा.डा. कर्णबहादुर बानियाँ रहनुभएको थियो । कार्यपत्र प्रस्तोताहरूमा प्रा.डा.चूडामणि बन्धु, भोलाकुमार श्रेष्ठ, इन्दिरा दली, शशीकिरण रेग्मी, नर्मदेश्वरी सत्याल, सुशीला प्रधानाङ्ग र यशु श्रेष्ठ हुनुुहुन्थ्यो । दुवै दिनमा प्रस्तुत कार्यपत्रहरूमा परिष्कार एवं परिमार्जनका लागि सहभागीहरूले विभिन्न सल्लाह, सुझाव दिनुभएको थियो ।

फागुन २५ गते अपरान्ह तीन बजेबाट गारिएको सम्मेलनको समापन÷विदाइ कार्यक्रमको अध्यक्षता स्थानीय आयोजक रामप्रसाद सापकोटा, कोषाध्यक्ष झुवानी सामुदायिक पुस्तकालयबाट भएको थियो भने, प्रमुख अतिथिका रूपमा वडाध्यक्ष बालकृष्ण चापागाईँ, विशेष अतिथि प्राज्ञ कौशिला रिसाल, वरिष्ठ साहित्यकार धनराज गिरी, अतिथिहरू अनुराधा, थाङ फाउन्डेसन एम्बेस्डरसहित बालबालिका, शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय बुद्धिजिवीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बालरचनाहरूको वाचनसहित विभिन्न प्रतियोगीतामा विजयी बालबालिकाहरूलाई पुरस्कार वितरण गरिएको थियो । सम्मेलनमा प्रदर्शन गरिएका बालपुस्तकहरू झुवानी सामुदायिक पुस्तकालय र झुवानी मा.वि.लाई नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र थाङ फाउन्डेसन एम्बेस्डर अनुराधा शर्माद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । प्रा.डा. कपिलदेव लामिछानेद्वारा प्रस्तुत झुवानी घोषणापत्र आवश्यक छलफलपश्चात पारित गरिएको थियो । कार्यक्रमका अन्तमा नेबासासका सचिवडा. यादेवी ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।