Check Mail Feedback

आईबिबिवाई अन्तर्राष्ट्रिय सम्मेलन – २०२२ मा सहभागिता

नेपाल बालसाहित्य समाज लामो समयदेखि इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आईबिबिवाई) को सदस्य रहँदैआएको छ । एउटा देशको एउटा मात्र संस्थालाई प्रतिनिधिको रूपमा सदस्य बनाउने आईबिबिवाईले नेपाल बालसाहित्य समाजलाई आफ्नो प्रतिनिधि बनाएको छ ।

आईबिबिवाईको सदस्य बनेदेखि यता बिचमा केही समय नेबासासमा आन्तरिक रूपमा केही समस्या आयो ।  त्यसताका आईबिबिवाईसँग केही रूपमा सम्बन्ध टुटेको झैँ हुन पुग्यो । आन्तरिक मामिला मिलाउँदै गर्दा अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्यान दिन सक]न । यसले गर्दा आईबिबिवाईको सदस्यता नवीकरण गर्न पनि ढिलाइ भयो । नेबासासले आफ्नो मामिला मिलाउँदै यसबारे आईबिबिवाईलाई पत्र लेख्यो र आईबिबिवाईको सदस्यता नवीकरण ग¥यो र यसको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लाग्यो ।

आईबिबिवाईले दुई दुई वर्षमा गर्ने यसखाले अन्तर्राष्ट्रिय सम्मेलनमा यस अघि पनि नेबासासले धेरै पटक सहभागिता जनाइसकेको छ । सन् २०२२ को अन्तर्राष्ट्रिय सम्मेलन सेप्टेम्बर ०५ देखि ०८ सम्म मलेसियाको पुत्रजयामा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा ७० भन्दा बढी देशका २०० भन्दा बढी सर्जक, शिक्षक, बालसाहित्य र शिक्षासँग सम्बन्धित महानुभावहरूको सहभागिता रहेको थियो । धेरै देशबाट एक÷एक जना प्रतिनिधि आएको भए तापनि कतिपय देशबाट ६÷७ जना प्रतिनिधिहरू पनि आएका थिए । नेपालका तर्फबाट नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे तथा महासचिव यशु श्रेष्ठ उक्त सम्मेलनमा प्रतिनिधित्व गर्नुभएको थियो । उक्त सम्मेलनमा नेपालकै तर्फबाट भनेर किरण गौतमले पनि प्रतिनिधित्व गर्नुभएको थियो तर उहाँले नेबासासबाट नभई व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्नुभएको थियो ।

“पावर अफ स्टोरी” आदर्श वाक्यका साथ सञ्चालन भएको सम्मेलन कथावाचनबाट सुरुवात गरिएको थियो । मलेसियामा कथावाचनलाई धेरै नै प्राथमिकता दिइएको पनि देखिन्थ्यो ।

यही सम्मेलनमा आइबिबिवाईको साधारणसभा भएको थियो भने नयाँ कार्यसमितिका लागि चुनाव पनि भएको थियो । प्रतिनिधिहरूले गरेको भोटका आधारमा अमेरिकाकी सिल्भिया भर्डेल अध्यक्षमा चुनिनुभएको छ । २५ वर्षदेखि निरन्तर आइबिबिवाइसँग जोडिएर कार्यकारी निर्देशकसम्म बन्नुभएका लिज पेजले यही सम्मेलन सकाउँदै अवकास पाउनुभएको छ भने नयाँ कार्यकारी निर्देशकको जिम्मेवारी कारोलिन बलेस्टरले सम्हाल्नुभएको छ ।

नेपालको प्रतिनिधिका रूपमा प्रा डा घिमिरे र श्रेष्ठले सम्मेलन उद्घाटनदेखि विभिन्न बहस र कार्यपत्रका सत्रहहरू, सांस्कृतिक प्रदर्शनी र विभिन्न पुस्तकालयको समेत भ्रमण गर्नुभएको थियो ।

सर्जकहरूलाई मलेसियाका कतिपय स्थानहरूको भ्रमण आयोजकले नै गराएका थिए भने भ्रमणका क्रममा मलेसियन प्रहरीहरूले स्कटिङ गरेर भ्रमण गराउँदाको भव्यता सम्झन लायक थियो ।

निकै भव्यताका साथ सम्पन्न यसै सम्मेलनमा

यशु श्रेष्ठद्वारा लिखित ‘मेरो रातो’ सचित्र बालकथालाई आईबिबिवाईले सम्मानसमेत गरेको थियो ।