नेपाल बालसाहित्य समाज पाठक तथा समीक्षक क्लब
१.परिचय : पाठक तथा समीक्षक क्लब बालसाहित्यको कुनै पनि भाषामा लेखिएको कुनै पनि विधाका पुस्तक वा पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय दृष्टिकोणले छलफल गर्ने एउटा क्लब हो । नेपाल बालसाहित्य समाजको एउटा अङ्गको रुपमा स्थापित यस क्लबले यस खालका हरेक कार्यव्रmम नेबासासकै सहमति र अनुमतिमा गर्ने छ । हाललाई हरेक महिनाको दोस्रंो शुव्रmबार ४ बजेदेखि ५.३० बजेसम्म बागबजार, काठमाडौँमा नियमित संचालन गरिने यस क्लबमा पुस्तक तथा पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय दृष्टिकोणले विश्लेषण, छलफल र बहस गरिने छ । छलफलमा सहभागी हुनका लागि नेबासासको सदस्य हुनु पर्ने जरुरी रहने छैन । उक्त छलफलमा कम्तीमा पाँच जना बाल पाठक तथा पन्ध्र जना अन्य पाठक तथा समीक्षकको उपस्थिति होस् भन्ने प्रयत्न गरिने छ । यिनै सहभागीहरुद्वारा सम्बन्धित पुस्तक वा पाण्डुलिपिमाथि विश्लेषण र बहस गरिने छ । यसबाट समय सापेक्ष परिष्कृत बालसाहित्य लेखन र प्रकाशनमा टेवा पुग्ने आशा लिइएको छ । यसलाई नियमित र व्यवस्थित सञ्चालनका लागि नेपाल बाल साहित्य समाजका सचिव यशु श्रेष्ठको संयोजकत्वमा समाजकै आजीवन सदस्यद्वय छायादत्त न्यौपाने सदस्य सचिव र धीरकुमार श्रेष्ठ सदस्य रहेको एउटा छुट्टै उपसमिति गठन गरिएको छ ।
२.उद्देश्यः पाठक तथा समीक्षक क्लबका निम्न उद्देश्य रहनेछन् :
क) बालसाहित्यको पुस्तक तथा पुण्डुलिपिमाथि विश्लेषण, बहस र समीक्षा गर्ने ।
ख) बालसाहित्य पठन संस्कृति बढाउने ।
ग) बालसाहित्यको समीक्षा गर्ने व्रmम बढाउँदै स्तर उन्नतिका लागि टेवा पु¥याउने ।
घ) बालसाहित्यका विभिन्न विधा समेटिने गरी पुस्तक तथा पाण्डुलिपिको रचनात्मक टिप्पणी गर्ने
ङ) पाठक र स्रष्टा बिचको सम्बन्धलाई नजिक ल्याई आत्मीय बनाउने
३. सञ्चालन विधिः
क.कार्यकम : यस क्लबले प्रत्येक महिनाको दोस्रो शुक्रबार अपराहन्न चार बजेदेखि बढीमा डेढ घण्टा पाठक र समीक्षकहरुबाट सम्बन्धित कृतिमाथि अन्तरक्रियात्मक छलफल चलाउने छ । यसमा तोकिएका स्रष्टाको तोकिएको पुस्तकबारे दुई जना विद्यालय तहका विद्यार्थी र दुईजना पाठक वा समीक्षकले मुख्य वक्ताको भूमिका निर्वाह गर्नेछन् । उपस्थित अन्य सदस्यहरुले पनि प्रसङ्ग विपरीत नहुने गरी छोटो प्रतिक्रिया जनाउन सक्नेछन् । छलफलमा उठेका तर्कहरुलाई आधार मानी एउटा समीक्षात्मक लेख तयार पारी प्रकाशनमा ल्याउने प्रयास गरिनेछ । यसको समायोजन पाठक तथा समीक्षक क्लब उपसमितिबाट हुनेछ । यसरी तयार गरिएको सामाग्री पत्रिकाका अतिरिक्त पुस्तकाकारका रुपमा पनि प्रकाशन गरिनेछ ।
ख. अर्थव्यवस्था : यो कार्यक्रम नेपाल बाल साहित्य समाजको निर्देशन तथा समायोजनमा सञ्चालन हुने हँुदा आर्थिक व्यवस्थापनमा यसको दायित्व रहनेछ । यस बाहेक उक्त उपसमितिले सकेसम्म आफँै पनि स्रोत व्यवस्थापन गर्ने प्रयास गर्ने छ । विकल्पहरु खोज्ने सन्दर्भमा जुन पुस्तक वा पाण्डुलिपिमाथि समीक्षा हुँदै छ, त्यही पुस्तकको लेखक वा प्रकाशक वा दुवैको सहयोगमा कार्यक्रम अघि बढाउन पहल हुनेछ । यस अतिरिक्त शैक्षिक, सामाजिक आदिसस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रयत्न पनि हुने नै छ । पत्रपत्रिकामा प्रकाशन भए वापत् आउने पारिश्रमिकको दश प्रतिशत संस्थालाई र बाँकी समीक्षकलाई जाने छ । यसबाट उत्पादित सम्पूर्ण सामाग्री नेबासासको सम्पत्ति हुने छ । ग. खर्च : १. समीक्ष्य पुस्तक २. चिया खाजा ३. फोन ४. हल ५. यातायात ६. फोटोकपि ७. विविध
घ.हालका लागि कार्यक्रम स्थान, मिति र समयः
स्थानः काम्याक स्कुल, बागबजार, काठमाडौँ तथा अन्य स्कुलहरू पनि हुन सक्छन् ।
मितिः प्रत्येक महिनाको दोस्रो शुक्रबार
समयः अपराहन्नको ठीक चार बजे ।
४.पालना गर्नुपर्ने मान्यता ः
क). मुख्य वक्ताले बढीमा दस मिनेट समय पाउनेछन् । दुई मिनेट समय बाँकी हुँदा वक्तालाई समय ख्याल गर्नका लागि जानकारी गराइने छ । अन्य सम्पूर्ण पाठक वा समीक्षकहरुले बढीमा पाँच मिनट समय पाउने छन् एक मिनत समय बाँकी हुँदा वक्तालाई जानकारी गराइने छ ।
ख) समीक्ष्य पुस्तकका स्रष्टा पनि एक पाठककै रुपमा कार्यक्रममा सहभमागी हुनु पर्ने छ । तोकिएको समयमा मात्रै आपूmलाई समीक्ष्य पुस्तकको स्रष्टाको रुपमा प्रस्तुत गर्न पाइने छ । स्रष्टाले आफू बोल्ने पालोमा बाहेक बोल्न तथा आप्mनै पालोमा पनि विवाद उठ्ने गरी प्रस्तुत हुन पाइने छैन ।
ग).कार्यक्रममा एकपटक निमन्त्रणा गरिएका पाहुनाले फेरि फेरि सहभागी हुन चाहेमा यस संस्थालाई पूर्व जानकारी दिनुहुन अनुरोध गरिन्छ । घ).कार्यक्रम सकेसम्म अनौपचारिक हुने छ ।
ङ) प्रत्येक वक्ताको विचार निजि विचार हुने छ । यसमा कुनै पनि बखेडा वा विवाद झिक्न पाइने छैन तर पाठक पाठक बीच प्रसस्तै कुराकानी, छलफल र अरुलाई चोट नपर्ने गरी अरुको भनाइमाथि आप्mनो भनाइ