Check Mail Feedback

विजयराज आचार्यको नेतृत्वमा नेबासास कार्यसमिति गठन

२०८१ चैत २४ गते नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति गठन भएको छ । बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका महासचिव विजयराज आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
२०८१ चैत ९ गते बागबजारमा सम्पन्न निर्वाचनबाट चुनिएका नयाँ पदाधिकारीलाई पद्मकन्या क्याम्पसमा आयोजित एक समारोहकाबीच निर्वाचन कमिटीका साथै नेपाल बालसाहित्य समाजका संस्थापक एवं पूर्व कार्यसमिति सदस्यहरु र आजिवन सदस्यसमेत रहेका बालसाहित्य सर्जकहरुले बधाई एवं शुभकामना दिँदै प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
नवगठित कार्यसमितिको महासचिवमा डा.विष्णुबहादुर केसी,सचिवमा भानु भट्टराई रहेका छन् । त्यसैगरी उपाध्यक्षमा विजयराज न्यौपाने र कोषाध्यक्षमा डा.सीता सुवेदी पन्थी रहेकी छन् । सदस्यहरुमा अर्पिता शाक्य (चित्रकार),यशोदा अधिकारी (महिला),अनिरुद्र अर्याल (शिक्षक),समन श्रेष्ठ र क्रान्ति पाण्डे रहेका छन् ।