सब्बुको साइकलमाथि समीक्षा
पाठक तथा समीक्षक क्लब बालसाहित्यको कुनै पनि भाषामा लेखिएको कुनै पनि विधाका पुस्तक वा पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय दृष्टिकोणले छलफल गर्ने एउटा क्लब हो । नेपाल बालसाहित्य समाजको एउटा अङ्गको रूपमा स्थापित यस क्लबले यस खालका कार्यव्रmमहरू नियमित रूपमा गर्ने गर्दछ । यसकै सिलसिलामा यही भाद्र ८ गते शुक्रबारका दिन बालसाहित्य सर्जक देवु लुइँटेलद्वारा लिखित ‘सब्बुको साइकल’ पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय अन्तरक्रिया गरियो ।
बागबजार, काठमाडौँस्थित काम्यक स्कुलको हलमा आयोजना भएको यस कार्यक्रममा बालसाहित्य विज्ञहरुका साथै दर्जनौँभन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको थियो । गङ्गा पौडेल कर्माचार्यको संयोजनमा भएको यस कार्यक्रममा सर्जक तथा क्लबका सदस्य सचिव छायादत्त न्यौपानेले क्लब र कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । बालसाहित्यका इतिहासकार सर्जक प्रमोद प्रधान तथा सर्जक डा. यादेवी ढकालले पाण्डुलिपिमाथि गहन र सुक्ष्म समीक्षा गर्नु भएको थियो ।
सहभागी बालबालिकाहरुमध्ये रोहण उप्रेती, अञ्जना न्यौपानेलगायतका भाइबहिनीहरुले पाण्डुलिपिमाथिको आफ्नो धारणा व्यक्त गरेका थिए । सर्जक देवु लुइँटेलले पाण्डुलिपिमाथि अन्तरक्रिया गर्दा आफूले महत्वपूर्ण सुझावहरु पाएको, बालबालिकाहरुका लागि योग्य र पठनीय सामाग्री प्रकाशनका लागि सहयोगी भएको धारण राख्दै सुझावअनुसारको परिमार्जन गरी प्रकाशन गरिने बताउनु भयो । कार्यक्रमको अन्तमा नेबासासका कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले उपस्थित सबैलाई धन्यवाद दिँदै पुस्तक प्रकाशन र बालबालिकामाझ प्रिय रहोस् भन्ने शुभकामना दिनुभएको थियो ।