Check Mail Feedback

अन्तर्कि्रया कार्यक्रम

अन्तर्कि्रया कार्यक्रम
नेपाल बालसाहित्य समाज तथा कथालय इन्कको आयोजनामा नेदरल्याण्डका बालसाहित्य सर्जकहरुसँग बालसाहित्यका विविध पक्ष बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ०७६ मंसिर ०३ गते ललितपुर जिल्लाको पाटनस्थित पासा यार्डमा सम्पन्न उक्त अन्तर्कि्रयामा नेदरल्याण्डको बालसाहित्य, बालसाहित्य लेखन, चित्राङ्कन, प्रकाशन आदिलगायतका विषयहरुबारे छलफल भएको थियो । नेबासासका महासचिव प्रा.डा. ध्रुवकुमार घिमिरेले नेदरल्याण्डबाट आउनुभएका सर्जकहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै नेबासास र यसका कार्यहरु, नेपाली बालसाहित्यका विविध पक्षहरुका बारेमा पनि जानकारी गराउनु भयो ।
कथालय इन्कका कार्यकारी निर्देशक राजीवधर जोशीले कार्यक्रम संचालन गर्नु हुँदै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो । नेदरल्याण्डका सर्जकहरुले अङ्ग्रेजी भाषामा राखेका विचार र भनाइहरुलाई राजीवधर जोशीले नै नेपालीमा अनुवाद गर्नुभएको थियो ।
नेदरल्याण्डमा यस्ता अन्तक्रियाहरु अत्यन्तै धेरै हुने, पठन संस्कार र पठन सस्कृति असाध्यै धेरै रहेको, पूरा समय लेखक भएर बाँच्नेहरु सम्पन्न जीवन बाँचिरहेका, पठनलाई जनस्तर तथा सरकारी स्तरबाट असाध्यै धेरै महत्व दिइनेलगायतका अनुभवहरु नेदरल्याण्डका सर्जकहरुले राखेका थिए । विधागत रूपमा फरकफरक प्रकाशकहरु रहेका, प्रकाशन संस्थाले नै बजारमा वितरण नगरी एजेन्सीमार्फत पुस्तकहरु बिक्रीवितरण हुने, प्रकाशकले ठुलाठुला प्रचार सामग्रीहरु बनाएर पुस्तकको प्रचारप्रसार गर्ने, सर्जकहरुसँग विभिन्न स्थानहरुमा अन्तरक्रियाहरु गरिनेलगायत नेदरल्याण्डको बालपुस्तक प्रकाशनका प्रकृयाहरुका बारेमा समेत छलफल भएको भयो । नेदरल्याण्डमा अक्षर चिन्नेलाई मात्र साक्षर भएका नमानी पढ्ने र बुझ्ने आधारमा साक्षर भएका मानिने, पुस्तकलाई साथीको रूपमा स्वीकार गरिनेलगायत विषयहरु पनि उठेका थिए ।
उक्त अन्तरक्रियामा नेबासासका उपाध्यक्ष प्रमोद प्रधान, सचिव यशु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्रभक्त जोशी, पूर्व कोषाध्यक्ष कार्तिकेय घिमिरे, आजीवन सदस्यहरु रह शर्मा, मञ्जु ज्ञवाली, जयप्रसाद लम्साललगायतले बालसाहित्यका बारेमा विविध जिज्ञासाहरु राखेका थिए । अन्तरक्रियामा शान्ता दाहाल, सजनी नौबागे, रोशन पोखरेल, ध्रुव प्रजापतिलगायतका तीन दर्जनभन्दा बढी बालसाहित्य सर्जकहरुको उपस्थिति रहेको थियो ।