Check Mail Feedback

अरुणिमामा कथा लेखन कार्यशाला

अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजना तथा नेपाल बालसाहित्य समाजको प्राविधिक सहयोगमा एक दिवसीय कथा लेखन कार्यशाला सम्पन्न भएको छ । ०७३ भाद्र २६ गते आइतबार संचालन भएको यस कार्यशाला डा. ध्रुव घिमिरे तथा यशु श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । काठमाडौँको बौद्ध स्थित अरुणिमा उ.मा.वि.मा संचालन भएको उक्त कार्यशालामा ५० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक अच्युत घिमिरेले संयोजन गर्नु भएको कार्यशालामा विद्यालयका प्रधानाध्यापक ईश्वरी लामिछाने लगायतका शिक्षक, शिक्षिकाहरुले बालकथाले बालबालिकाहरुलाई स्कुलको परीक्षामा मात्र होइन, जीवनकै परीक्षामा पास हुन कसरी सहयोग पु¥याउँछ, कथाले आप्mनो चेतना र कल्पनाको स्तरलाई कसरी विकास गर्छ भन्ने कुरालाई जोड दिएर आप्mना भनाइ राख्नु भएको थियो । कार्यव्रmमको अन्तमा ५० जना विद्यार्थीहरुले नै विभिन्न शीर्षकमा कथाहरु लेखी प्रस्तुत गर्नु भएको थियो ।