Check Mail Feedback

 किशोर साहित्य लेखन कार्यशाला

नेपाल बालसाहित्य समाजको आयोजना तथा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सहआयोजनामा किशोर साहित्य लेखन कार्यशाला भएको थियो । २०७८ फागुन २८, २९ र ३० गते तीन दिन भएको उक्त कार्यशालामा नेबासासका सदस्यसहित नेबासासका सदस्यहरूले सिफारिस गरेका किशोर साहित्य लेखनमा रुचि राख्ने सर्जकहरूको सहभागिता रहेको थियो । नेबासासका अध्यक्षा प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको प्रमुख आथित्यमा छोटो औपचारिक कार्यक्रम भएको थियो । डिल्लिरमण पुस्तकालयका सदस्य सचिव तथा नेबासासका आजीवन सदस्य भोला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । नेबासासका आजीवन सदस्य कृष्णदीप सिग्देलले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा नेबासासका सदस्यहरू अनुराधा, उद्दव प्याकुरेल, कुमार भट्टराई, सजनी नौबागे, शान्ति सापकोटा, मञ्जु ज्ञवाली, विजयराज न्यौपाने, सिर्जना शर्मा, सविना सिन्धु तथा नेबासासले सिफारस गरेका सुमी, अमित, देवेन्द्र, राधा पौडेललगायतको सहभागिता रहेको थियो । डिल्लिरमण पुस्तकालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यशालाबाट सिर्जित सिर्जनाहरू कतिपय प्रकाशनका क्रममा रहेका छन् भने कतिपय लेखनीकै क्रममा रहेका छन् । यस कार्यक्रमकै निरन्तरता स्वरूप किशोर किशोरीको मनोभावना बुझ्ने र उनीहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले सिविन शान्ति गृहमा कार्यक्रम गरिएको थियो । ‘सिविन शान्ति गृहमा सर्जकहरू’ शीर्षकको कार्यक्रम नेबासास, सिविन तथा कथावाचक समाजको संयुक्त आयोजनामा भएको थियो ।

०७९ चैत्र २५ गते भएको उक्त कार्यक्रममा सिविनले आफ्नो बालिका गृहका संरक्षण गरिराखेका विभिन्न तरिकाबाट पिडित भएका बालिका/किशोरीहरूमाझ विभिन्न विषयहरूमा छलफल भएको थियो । सिर्जना गर्ने, चित्र बनाउने, गीत गाउने, नाच्ने, कथावाचन गर्ने, किशोर अवस्थाका बारेमा बुझ्ने, उनीहरूको भावनात्मक आवश्यकतालाई मनन गर्दै कथा बनाउनेलगायतका क्रियाकलापहरू कार्यक्रममा भएको थियो । काभ्रे जिल्लाको पस्थलिमा भएको उक्त बालिका गृहमा विजयराज न्यौपाने, राधा पौडेल, मञ्जु ज्ञवाली, कृष्णदीप सिग्देल, सविना सिन्धु, सजनी नौबागे, मन्दिरा मधुश्री, देवेन्द्र, सुमन महर्जनलगायतका विभिन्न सर्जक, चित्रकार र अभियन्ताहरूको सहभागिता रहेको थियो ।