चितवन जिल्लामा मेरो गाउँको कथा कार्यक्रम
चेपाङ जातिकाे लाेक संस्कार र संस्कृतिका लागि
नेपालमा ५९ ओटा जातीय समुदायहरु आदिवासी जनजातिहरुका रूपमा रहेका छन् । अधिकांश जातिहरू अल्पसंख्यक रहेका छन् । यिनीहरुका आफ्नै भेषभूषा, भाषा, संस्कार, संस्कृति, लोकपरम्परा र कथाहरु रहेका छन् । भेषभुषा, भाषा, संस्कार र संस्कृतिको अथाह सम्पत्तिले धनी यी समुदायहरुका यस्ता सम्पत्तिहरू विस्तार लोप हुँदै छन् । समुदायमा रहेका पाका मानिसहरूसँग केही यस्ता सम्पत्तिहरु बचेको भए पनि पाकाहरुको अवसानपश्चात पाकासँगै ती सम्पत्तिहरुको पनि मृत्यु भइरहेको छ ।
यी र यस्ता कुराहरुलाई ध्यानमा राख्दै नेपाल बालसाहित्य समाजले ‘मेरो गाउँको कथा’ परियोजना संचालनमा ल्याएको हो । आईबिबिवाईको आर्थिक सहयोगमा संचालित यो परियोजनाअन्तर्गत चितवन जिल्लाका चेपाङ समुदायमा रहेका संस्कार, संस्कृति, लोकपरम्परा र कथाहरु संकलन कार्यव्रmम सम्पन्न भएको छ । यस अघि बाँके जिल्लामा रहेका चिडिमार तथा दोलखा जिल्लामा रहेका थामी जातिहरुकोसँगको कार्यक्रम सम्पन्न भइसकेको छ ।
यस कार्यक्रम चितवन जिल्लामा सम्पन्न गर्नका लागि गामवेशीको चेपाङ संरक्षण केन्द्रका संचालक श्री के.पि. किरण शर्माले सहयोग गर्नुभएको थियो । कार्यक्रम संचालनका लागि नेबासासका महासचिव डा. श्री ध्रुवकुमार घिमिरे, सचिव श्री यशु श्रेष्ठ, कार्यकारी सदस्य श्री एकाराम सिं र आजीवन सदस्य श्री छायादत्त न्यौपाने गरी ४ जनाको टोली २०७५ पुष १५ गते कार्य क्षेत्रमा गई कार्यव्रmम सफलतापूर्वक संचालन गरिएको थियो ।
लोकपरम्परा, संस्कार, संस्कृति तथा लोककथा संकलन गर्नु, कथावाचनमार्फत पाका र बालबालिकाहरुबिच बढ्दै गएको दूरीलाई कम गर्न मदत पु¥याउनु, बालबालिकामाझ आफ्ना परम्परा र संस्कृतिको महत्वलाई उजागर गर्दै यी कुराहरु उनीहरुमाझ पु¥याउनु र उनीहरुलाईसमेत चेतना जागृत गराउनु प्रमखु उद्धेश्यका साथ चितवन जिल्लामा पर्ने चेपाङ समुदायको वाहुल्यता रहेको इच्छाकामना गाउँपालिका–१ जयथली, काउले गाउँ तथा आसपासलगायत चेपाङ विद्यार्थीहरुको होस्टेल तथा संरक्षण केन्द्रका रुपमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्र, रत्ननगर न.पा.–११, मंगलपुर, चितवन यस कार्यव्रmमको मुख्य कार्यक्षेत्र रहेको थियो । यस कार्यव्रmमका लागि मुख्यतः कथावाचन, भलाकुसारी, छलफल र कार्यक्षेत्र अवलोकन विधि प्रयोग गरिएको थियो ।
चेपाङहरू बालबालिकाहरुसँगको भेटघाट, छलफल, कथावाचन, स्थानीय सहजकर्तासँग रहेर कार्यव्रmमको उद्देश्यमाथि प्रकाश पार्दै पाका र बालबालिका छनौटदेखि कार्ययोजना तयार गरी २०७५ जेठ १६ गते चेपाङ समुदाय रहेका क्षेत्रहरुको अवलोकन, पाका मानिसहरुसँगको वृहत छलफल, चेपाङहरु समुदायका संस्कार, संस्कृति, लोकपरम्परा र विस्वास तथा कथाहरुमाथि कुराकानी, बालबालिका तथा संकलकहरुमाझ पाकाहरुद्वारा कथावाचन गर्दै बालबालिकाहरुले ती कुराहरुलाई लेख्ने, लेखेका कथा सुनाउने तथा सुनाएका कथामाथि छलफल गरी लोककथाहरुलाई प्रस्तुत गर्ने तथा संकलकहरुले संकलन गर्ने कार्य सम्पन्न भएका थिए ।
मूलतः ५ जना पाकाहरुलाई कथावाचन सिपको केही रूपमा जानकारी, १५ जना बालबालिकाहरुलाई कथालेखन, टिपोट तथा कथावाचन सिपको जानकारी, चेपाङ समुदायका १५ ओटाभन्दा बढी शीर्षक जस्तै उत्पत्ति, जन्म, न्वारन, विवाह, मृत्यु, चाडपर्व, मेलाआदि लगायत लोकपरम्परा र कथाहरु संकलन तथा उनीहरुमा विगतदेखि हालसम्म आएका परिवर्तन बारेमा जानकारी गराउन कार्यक्रम सफल भएको थियो ।