टोखा बालसाहित्य महोत्सव
टोखा बालसाहित्य महोत्सव
कथालय इन्कको प्राविधिक सहयोग, टोखा नगरपालिका र त्रियोग स्कुल, टोखासहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा प्रथम टोखा बालसाहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७५ फागुन ११ गते भएको एक दिने महोत्सवमा १८ ओटाभन्दा बढी विभिन्न विद्यालयबाट ३००० भन्दा बढी बालबालिकाहरूको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहका बालबालिकाहरुका लागि तथा शिक्षक÷अभिभावकहरुका लागि कथावाचन, कथा लेखन, निबन्ध लेखन, सिर्जनशील लेखन, पुस्तक परिचर्चा, पुस्तक लोकार्पण आदि जस्ता विभिन्न कार्यक्रमहरु भएका थिए । महोत्सवमा खेल, वादविवाद प्रतिस्प्रर्धा, फेस पेन्ट, फुड कोर्टलगायतका कार्यक्रमहरु पनि थिए । उक्त महोत्सवमा बालबालिकाहरु निकै प्रफुल्लित रहेका देखिन्थे । दर्जनभन्दा बढी राष्ट्रिय स्तरका बालसाहित्य सर्जक तथा शिक्षाविद्हरुको उपस्थितिमा निकै तामझामका साथ टोखा बालसाहित्य महोत्सव सम्पन्न भएको हो ।
उक्त महोत्सवमा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री भिक्टर प्रधान, वर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, महासचिव डा. ध्रुवकुमार घिमिरे, सचिव श्री यशु श्रेष्ठ, आजीवन सदस्य श्री कृष्णदीप सिग्देललगायतले बालबालिका तथा शिक्षक÷अभिभावकहरुकाल लागि विभिन्न कार्यशालाहरु संचालन गर्नु भएको थियो । निकै धुमधामले सम्पन्न भएको त्यस्ता महोत्सवहरू नियमित रूपमा हुनु पर्ने पनि समाजले अनुभव गरेको छ ।