Check Mail Feedback

दुई दिने बालसाहित्य महोत्सव सम्पन्न

नुवाकोट — नेपाल बालसाहित्य समाज, रुम टु रिड तथा रुडेक नेपालको आयोजनामा नुवाकोट जिल्लाको बट्टारमा दुई दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । बट्टारको आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा ‘किताब पढौँ, अगाडि बढौँ’ भन्ने नाराका साथ २०७९ असोज ४ र ५ गते गरिएको महोत्सवलाई ३ हजार बालबालिका, शिक्षक तथा अभिभावकले अवलोकन गरेका थिए ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्रख्यात कलाकार केके कर्मचार्यको प्रमुख आथित्यमा भएको उद्घाटन समारोहमा मुख्य वक्ताको रूपमा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बालबालिकालाई बढ्ने बानीको विकास गराउन महोत्वसवले सघाउने बताउनुभयो । सो समारोहमा रुम टु रिड साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मन्तव्य राख्नुभएको थियो ।

 बालबालिकामा पठन संस्कृति बढाउने; आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवमा बालसाहित्य पुस्तकको प्रदर्शनी, बालबालिकालाई कस्तो शिक्षा दिने भन्नेबारे बहस, कथा, कविता लेखन, कथावाचन, निबन्ध, चित्रकला, अभिनय र भित्तेपात्रिका निर्माणसहित सात विधामा विषय विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिएको थियो । विषय विशेषज्ञका रूपमा सुशीला प्रधानाङ्ग, प्रभा भट्टराई, सजनी नौबागे, डा. यादेवी ढकाल, उद्दव प्याकुरेल, विवेक लामा, उजेली सुनार, पुरु लम्साल, केदार श्रेष्ठ, प्रमोद प्रधान र यशु श्रेष्ठ रहनुभएको थियो । नेपाल बालसाहित्य समाज, कथालय प्रकाशन, परिचय प्रकाशन, बालसंसार प्रा.लि. लगायतका प्रकाशन गृहहरूले बालपुस्तकका प्रदर्शनीसमेत गरेका थिए । महोत्सवको प्रत्येक दिन बिहान हिँडाइ पढाइसमेत गरिएको थियो भने महोत्सवमा dear (Drop every things and read ) सत्र पनि सञ्चालन भएको थियो । यसको संयोजन राजन सापकोटा, विपिन सोडारी तथा केशव गुरागाईं, रुम टु रिड, काठमाडौँले गर्नुभएको थियो ।

महोत्सव सञ्चालन गर्न विभिन्न उपसमितिहरू निर्माण गरी विभिन्न चरणमा बैठक, कार्यक्षेत्र भ्रमण आदि गर्दै कार्यक्रमको खाका तयार गरिएको थियो । महोत्सवका संयोजन रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले गर्नुभएको थियो भने मूल आयोजक समितिमा संयोजकलगायतसंयोजक सदस्यहरूमा प्रमोद प्रधान, यशु श्रेष्ठ, उद्धव प्याकुरेल र शान्ति सापकोटा नेपालबालसाहित्य समाज, दिनेश सञ्जेल र अनन्तवाग्ले, रुम टु काठमाडौं तथा एकराज कोइराला र सुशील तिमल्सिना, रुम टु नुवाकोट रहनुभएको थियो । त्यस्तै सल्लाहकार समितिमा प्रा. डा. ध्रुव घिमिरे, अध्यक्ष, नेपालबालसाहित्य समाज, रामश्रेष्ठ, अध्यक्ष, नुवाकोट आदर्श क्याम्पस, नेत्र दाहाल, साक्षरता कार्यक्रम निर्देशक, रुम टु रिड, रजेन्द्रविक्रम सिंह , संयोजक, जिल्ला समन्वय समिति, नुवाकोट रहनुभएको थियो भने भोजन तथा आवास व्यवस्थापन उपसमितिमा फुर्वा घले, केशव पौडेल तथा बटुराम भण्डारी, अर्थ तथा व्यवस्थापन उपसमितिमा मिनकुमार केसी, डा. यादेवी ढकाल,सुशील तिमल्सिना, एकराज कोइराला तथा दिनेश सञ्जेल, प्रचारप्रसार उपसमिति एकराज कोइराला, प्रमोद प्रधान, फुर्वा घले, निष्ठा श्रेष्ठ तथा शान्ति सापकोटा रहनुभएको थियो ।

महोत्सवमा समाजका पूर्वअध्यक्ष रामबाबु सुवेदी, तेजप्रकाश श्रेष्ठ तगा शैलेन्दुप्रकाश नेपाल, आजीवन सदस्य ललिता दोषी, रुम टु रिडका पवन सिं कार्की, नगरपालिकाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।