Check Mail Feedback

दृष्टिविहीन बालबालिकाहरुका लागि कार्यक्रम

International Board on books for young people काे सहयाेगमा नेपाल बालसाहित्य समाज (Nepalese Board on books for young people) तथा नेपाल बालसाहित्य प्रतिष्ठानकाे अायाेजना तथा नेत्रहीन स‌ंघ, माेरङ, नेत्रहीन स‌ंघ, झापा, नेत्रहीन स‌ंघ, सुनसरी तथा पूर्वाञ्चल ज्ञानचक्षु  विद्यालय, धरानकाे सहकार्यमा २०७४ फागुन ९ गतेदेखि १४ गतेसम्म दृश्यविहीन बालबालिकाहरुका लागि कथावाचन, कथा लेखन कार्यक्रम तथा ब्रेल लिपिमा लिखित  विविध बालपुस्तक वितरण कार्यक्रम सम्पन्न गरियाे ।

यस कार्यक्रममा कार्यक्रमका संयाेजक कार्तिकेय घिमिरे, नेपाल बालसाहित्य समाज (Nepalese Board on books for young people) का सचिव यशु श्रेष्ठ, अाजीवन सदस्य अमरकुमार प्रधान, गंगा पाैडेल र दृष्टिविहीन संगीतकार तथा  शिक्षक रमेश सुवेदी सहित नेपाल बालसाहित्य प्रतिष्ठानका रश्मी खागी सहभागी भइ विविध कार्यक्रम गरिएकाे थियाे ।

नेपाल बालसाहित्य समाज (Nepalese Board on books for young people) र नेपाल बालसाहित्य प्रतिष्ठानका तर्फबाट छानिएका २० जना बालसाहित्य सर्जकहरुका २०अाेटा ब्रेल लिपिमा रहेका बालकथाका पुस्तक ‘नेपाली बालकथा’, कथावाचन रेकर्ड गरिएका पेन ड्राइभ, पेन ड्राइभ बजाउने रेडियाे सहित सेभ द चिल्ड्रेनबाट सहयाेग प्राप्त सेभ द चिल्ड्रेनद्वारा ब्रेल लिपिमा प्रकाशित तथा यशु श्रेष्ठद्वारा लिखित  ‘हामी अाफैँ गर्न सक्छाै’, ‘म पनि चित्र बनाउँछु’, यशु श्रेष्ठद्वारा सम्पादित १० जना लेखकका १० बालकथा र गीत संग्रह ‘रमाइला बालकथा र गीतहरु’, उद्दव भट्टराइद्वार लिखित ‘अक्षर चिनारी’ गरी ४ ब्रेल लिपिका बालपुस्तक समेत बालबालिकाहरु तथा पुस्तकालयका लागि वितरण गरिएकाे थियाे ।