नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम
काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७७ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले निर्विरोध निर्वाचित नवकार्यसमिति– वि.सं. २०८०÷८१ लाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।
नेपाल बालसाहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो । यस संस्थाले मुख्यतः बालसाहित्यको विकास र बालसाहित्यमार्पmत पठन सिप, पठन संस्कार र संस्कृति तथा बालबालिकाको सिर्जनात्मक विकासका लागि विविध कार्यहरू गर्ने गर्दछ ।
बागबजारस्थित पद्म कन्या क्याम्पसको कक्षमा निवर्तमान कार्यसमिति अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको अध्यक्षता तथा नेबासासका मानार्थ सदस्य वरिष्ठ बालसाहित्य सर्जक शान्तदास मानन्धरज्यूको प्रमुख आतिथ्यता कार्यव्रmम सम्पन्न भएको हो । शुभकामना मन्तव्यसहित नवनिर्वाचित कार्यसमितिलाई आजीवन सदस्य तथा निर्वाचन समिति सदस्य श्री होम भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । निवर्तमान महासचिव यशु श्रेष्ठले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान महासचिव विजयराज आचार्यलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो । निवर्तमान अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले आफ्नो नेतृत्वको कार्यकालमा कार्यसमितिले सम्पन्न गरेका तथा हाल सञ्चालन गरिरहेका महत्वपूर्ण कार्यव्रmमहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामनासहित नवगठित कार्यसमितिका अध्यक्ष प्रमोद प्रधानलाई कार्यभार हस्तान्तरण गर्नुभएको भयो ।
नवनिर्वाचित अध्यक्ष प्रमोद प्रधान, वरिष्ठ उपाध्यक्ष श्री कृष्णदीप सिग्देल, प्रदेश उपाध्यक्ष डा. यादेवी ढकाल, श्री नवराज रिजाल, श्री विजयराज न्यौपाने, प्रा.डा. कपिलदेव लामिछाने, श्री के.वि. सिम्पल र डा. पुष्करराज भट्ट, महासचिव श्री विजयराज आचार्य, सचिव डा. विष्णु के सी, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी तथा सदस्यहरू श्री अर्पिता शाक्य, श्री प्रभा भट्टराई, श्री भानु भट्टराई, श्री मञ्जु ज्ञवाली, श्री समन श्रेष्ठ र श्री सुशीला प्रधानाङ्गसहितको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै वरिष्ठ बालसाहित्य सर्जक तथा समाजका मानार्थ सदस्य शान्तदास मानन्धरज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचिन अध्यक्ष प्रधानले पनि आफ्नो भनाइ राख्नुभएको थियो । सौहर्द वातावरणमा निर्विरोध निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
नेबासासले यसै वर्षदेखि सात प्रदेशमै उपाध्यक्ष रहने गरी वैधानिक व्यवस्था गरेको हो । नेबासासले यसै वर्षदेखि प्रदान गर्न सुरु गरेको विभिन्न पुरस्कारहरूमध्ये नेबासास चूडा–चरण बालजीवनी पुरस्कार र नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार ग्रहण गर्न छुट्नुभएका सर्जकहरू क्रमशः गोपाल पराजुली र डा. भूपहरि पौडेललाई पनि उक्त पुरस्कार प्रदान गरिएको थियो । यस पुरस्कारको राशी पन्ध्र हजारको रहेको छ । यसै गरी नेबासासले नियमित प्रदान गर्दै आएको उत्कृष्ट बालपुस्तक लेखन तथा चित्राङ्कन पुरस्कारमध्ये आठ वर्षदेखि माथिका उमेर समूहका लागि उत्कृष्ट पुस्तकका लेखक विनय कसजूका प्रतिनिधि गङ्गा कसजूलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यस पुरस्कारको राशी दश हजार रहेको छ । कार्यव्रmममा समाजका आजीवन सदस्य प्रा.डा. मुकेश चालिसेले आफ्नो मन्तव्यसहित थप पुरस्कार स्थापना गर्ने मनसाय व्यक्त गर्नुभएको थियो भने पुरस्कृत व्यक्तित्वहरूले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।
driver genius crack at hdlicense.com Teamviewer crack at maccracked.com jewelry brands in Pakistan at sistajewelrystudio.com