नेपाल बालसाहित्य समाजको
नव कार्यमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम
काठमाडौँ, नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।काठमाडौँ, नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यव्रmम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।
नेपाल बालसाहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो । यस संस्थाले मुख्यतः बालसाहित्यको विकास र बालसाहित्यमार्पmत पठन सिप, पठन संस्कार र संस्कृतिको विकासका लागि विविध कार्यहरु गर्ने गर्दछ ।
बागबजारस्थित पद्म कन्या क्याम्पसको कक्षमा यही माघ २४ गते निवर्तमान कार्यसमिति अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा कार्यव्रmम सम्पन्न भएको हो । कार्यव्रmममा नेबासासका आजीवन सदस्य तथा निर्वाचन समिति सदस्य श्री प्रभा भ«ट्टराईले शुभकामना मन्तव्यसहित बालकविता वाचन गर्नुभएको थियो । यसै गरी आजीवन सदस्य श्री रामबहादुर पहाडीले बालगजल गाउनुभएको थियो ।
वर्तमान कार्यसमितिमा निर्विरोध निर्वाचित कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले संस्थाको आर्थिक अवस्था बारेमा प्रतिवेदन पेश गर्नुभएको थियो । पूर्वकार्यसमितिमा पनि उहाँ नै कोषाध्यक्ष हुनुहुन्थ्यो । यसपछि निवर्तमान महासचिव प्रा.डा. ध्रुवकुमार घिमिरेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान महासचिव श्री यशु श्रेष्ठलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो । निवर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले आफ्नो नेतृत्वको कार्यकालमा कार्यसमितिले सम्पन्न तथा सञ्चालन गरिरहेका महत्वपूर्ण कार्यव्रmमहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामनासहित नवगठित कार्यसमितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेलाई कार्यभार हस्तान्तरण गर्नुभएको भयो ।
अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, उपाध्यक्ष श्री प्रमोद प्रधान, महासचिव श्री यशु श्रेष्ठ, सचिव डा. यादेवी ढकाल, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी, सदस्यहरु श्री उद्धव प्याकुरेल, श्री एकाराम सिं, श्री मन्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ् सहितको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै वरिष्ठ बालसाहित्य सर्जक तथा समाजका मानार्थ सदस्य शान्तदास मानन्धरज्यूले टीका तथा कार्यक्रमका सभापति डा. शैलेन्दुप्रकाश नेपालज्यूले माला लगाइदिनु भएको थियो । बालसाहित्य सर्जक, पूर्वअध्यक्ष तथा समाजका सल्लाहकार श्री तेजप्रकाश श्रेष्ठले नोटबुक र कलम तथा निर्वाचन संयोजक श्री मातृका पोखरेलज्यूले प्रमाणपत्र दिनुभएको थियो । उहाहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेबासासले बालसाहित्यको विकासमा जोड दिँदै सम्पूर्ण बालसाहित्य सर्जकहरुलाई समेटेर लैजाने विस्वास व्यक्त गर्नुभएको थियो । निर्वाचिन अध्यक्ष प्रा.डा. घिमिरेले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
सौहर्द वातावरणमा निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो । यसपटक अनलाइनमार्फत पनि मतदान गर्ने व्यवस्था गरिएको थियो । अनलाइन भोटिङ समितिका सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरियो ।
कार्यव्रmममा समाजका आजीवन सदस्य एवं प्राज्ञ डा. देवी नेपाल, सल्लाहकार श्री भिक्टर प्रधानसहितले शुभकामना मन्तव्य राख्दै अब नेबासासले गर्नुपर्ने कार्यबारे प्रकाश पार्नु भएको थियो ।