“नेबासास भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम
नेपाल बालसाहित्य समाजद्वारा श्रीपञ्चमी, सस्वर पठन दिवस तथा राष्ट्रिय बालपुस्तक दिवसको अवसर पारेर “नेबासासको भावी योजना र कार्यदिशा” विषयक छलफल कार्यक्रम भर्चुअलमाध्यमद्वारा आयोजना गरियो । उक्त कार्यक्रममा ०७७ माघ ०३ गतेको निर्वाचनबाट निर्वाचित कार्यसमितिले आफ्ना कार्यकालको योजनाहरू प्रस्तुत गर्दै ती योजनाहरूमा छलफल, थपघट तथा सल्लाहसुझाव आदानप्रदान गरिएको थियो । कार्यक्रमभन्दा केही दिन अगावै सुझावका लागि आफ्ना सदस्यहरूलाई कार्यसमितिले चार महले फारमसमेत वितरण गरेको थियो ।
समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको सभाअध्यक्षतामा २०७७ माघ ०४ आयोजना भएको कार्यक्रम, सभाअध्यक्षद्वारा विषय प्रवेश गरेसँगै समाजका महासचिव श्री यशु श्रेष्ठले कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो । संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको गरिमामय उपस्थितिमा समाजका कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीले समाजको संक्षिप्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदनमाथि छोटो छलफलतत्पश्चात महासचिव श्रेष्ठले समाजका भावी योजना र कार्यदिशालाई प्रस्तुत गर्नुभएको थियो ।
नेबासासका सदस्यहरूले योजनाहरूमाथि छलफल गर्दै आफ्ना विविध विचार पनि राख्नुभएको थियो । संस्थापक अध्यक्ष प्रा.डा. बन्धुले बालसाहित्य समाजले गरिराखेका विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्राथमिकताका आधारमा महत्वपूर्ण योजनालाई अघि बढाउने, स्रोत जुटाउने कुरमा चेष्टा गर्नुपर्ने, राम्रा कृतिको सूचि तयार पार्नुपर्ने सुझाव दिनुभएको थियो । आजीवन सदस्य श्री अनन्त वाग्लेले सबै सदस्यको योग्यता, दक्षता र पहुँचलाई उपयोग गर्नुपर्ने, विद्यालयको लागि राम्रा बालपुस्तकको सूची तयार गनुपर्ने, बालसाहित्यको सुदृढिकरणको लागि नेपाल सरकारसँग पहल गरी नयाँ ढँगले कार्यक्रम गर्नुपर्नेलगायत रुम टु रिडजस्ता संस्थाहरू सधैँ सहकार्य गर्न तयार रहेको कुरा अवगत गराउनुभयो । आजीवन सदस्य श्री आईपी अधिकारीले नेपाल सरकारले विद्यालयमा दिइरहेको अनुदान बजेटको दुरूपयोग भएकोले समाजले पुस्तक नीतिबारे पहल गर्नुपर्ने, पुस्तकालय व्यवस्थापनका लागि पहल गर्न सुझाव दिनुभयो । साधारण सदस्य श्री गिता सापकोटाले नेबासासलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि पहल गर्नुपर्ने, विधागत रूपमा कृति प्रकाशन गर्नुपर्ने, नयाँ प्रतिभालाई उजागर गर्न विभिन्न कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । आजीवन सदस्य श्री विजयराज न्यौपानेले अग्रजहरूको सल्लाहका साथै सबै बालसाहित्यकारहरूलाई डो¥याउनको लागि विधागत कार्याशाला र गोष्ठी गर्नुपर्ने, स्थानीय सरकारसँग सहकार्य गरेर हरेक विद्यालयमा चेतनामूलक कार्यक्रम गर्न चिठी लेखेरै नै अनुरोध गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । आजीवन सदस्य श्री विजयराजआचार्यले बालसाहित्यको प्रवद्र्धन र विकासका निम्ति एकले अर्कोलाई गिराएर होइन, सहकार्य गरेर अघि बढ्न सल्लाह दिँदै जर्नलहरू प्रकाशन गर्दा स्तरीयतालाई ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो भने सल्लाहकार श्री रामकुमार पाँडेले संस्थाको व्यवस्थापन पक्षलाई चुस्त बनाउन विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँड गर्नुपर्ने तथा वृहत सेमिनार गरेर पञ्चवर्षीय गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिनुभएको थियो । समाजका उपाध्यक्ष श्री प्रमोद प्रधानले सम्पूर्ण सदस्यहरूमा धन्यवाद ज्ञापन गर्दै आफ्ना भनाइ राख्नुभएको थियो । कार्यसमिति सदस्य श्री मञ्जु ज्ञवालीले कार्यक्रमको प्रतिवेदनलाई प्रस्तुत गरेपछि समाज तथा य सभाका अध्यक्ष प्रा.डा. घिमिरेले कार्यसमितिले तयार पारेका अल्पकालीन र दीर्घकालीन योजनालाई अघि बढाउन सबै जनाको साथ र सहयोगको अपेक्षा रहेको तथा यसको कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने बताउनु हुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
छलफल कार्यक्रमपछि कार्यसमितिमा छलफल\निर्णय भई तयार पारिएकाे भावी याेजना र कार्यदिशा यस्ता रहेका छन् :
आदरणीय सदस्य महानुभावहरू,
नयाँ कार्यसमितिको दोस्रो बैठकले गरेको निर्णयानुुसार, २०७७ माघ ४ गते नेबासासका भावी योजना र कार्यदिशा विषयक वेभिनार भेलामा यहाँहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा समेत यस कार्यसमितिले आफ्ना नियमित र केही महत्वाकांक्षी कार्ययोजनाहरू यसरी अघि सारेको छ । यी योजनाहरूको क्रमिक कार्यान्वयनबाट एकातिर नेबासासको संस्थागत उद्देश्य परिपूर्तिमा सघाउ पुग्ने छ भने अर्कातर्फ बालबालिकामा पठन सिपको विकासका अतिरिक्त पठन संस्कृतिको निर्माणसँगै सिर्जनात्मक विकासमा मदत पुग्ने छ भन्ने आशा लिएका छौँ । यी योजनाहरूको निष्पक्ष तथा पारदर्शी क्रियान्वयनमा यहाँहरूको साथ र सहयोग लिँदै हामी अघि बढ्ने छौँ ।
नेबासासका भावी योजना र कार्यदिशा
क) तत्काल गरिने योजनाहरू ः
१. बालसाहित्यका आख्यानात्मक तथा आख्यानरहित विभिन्न विधाहरूको सिर्जना तथा तिनको प्रस्तुतिगत सिप विकासका लागि स्वदेश तथा विदेशमा रहेका सर्जक, समीक्षक, बालसाहित्य समाजका सदस्यहरूका अतिरिक्त बालबालिकाका बिचमा छलफल एवं प्रशिक्षणमूलक वेभिनार कम्तीमा महिनाको एउटा सम्पन्न गर्ने ।
२. बालबालिकाका अतिरिक्त शिक्षक एवं अभिभावकले समेत बालसाहित्य अध्ययनको आवश्यकता तथा औचित्यका बारेमा तथा कक्षाकोठाको कुनो पुस्तकालयमा मात्र नभई प्रत्येक विद्यालय र सामुदायिक पुस्तकालयका साथै प्रत्येक घरमा के कस्ता किसिमका बालपुस्तकको आवश्यकता किन छ र यसको व्यवस्थापन कसरी गर्ने जस्ता विषयहरूमा प्रकाशक, अभिभावक, बालमनोविज्ञानवेत्ता, शिक्षाविद तथा नीतिनिर्माताका बिच वेभिनारबाट विचारविमर्श चलाउने ।
३. ‘पाठक तथा समीक्षक क्लब’मा कम्तीमा महिनाको एकपटक बालपुस्तकका बारेमा छलफल गरिने ।
४. बालकला, बालनाट्यकर्मी, चलचित्रकर्मी, सञ्चारकर्मी, एनिमेटर आदिसँगको सहकार्यमा जोड दिई यससँग सम्बन्धित कार्यहरू उपसमिति गठन गरी अगि बढाउने ।
५. बालपुस्तक प्रकाशक, वितरक तथा यससँग सम्बन्धित निकायहरूसँग छलफल र सहकार्य गर्दै यस्ता संस्थासमेतको प्रतिनिधित्व हुने गरी गठित उपसमितिमार्फत वर्ष बालपुस्तक सूची प्रकाशन गर्ने ।
६. नेपालबाट प्रकाशित राष्ट्रभाषाका तथा विदेशबाट नेपाली भाषामा छापिएका बालसिर्जनात्मक एवं समीक्षात्मक पुस्तकहरू अध्ययन, अनुसन्धान तथा बालपुस्तकालयीय प्रयोजनार्थ माग एवं खरिद गरी सोको अभिलेखीकरण गर्ने र यसका लागि दाताहरूसँग सहयोगका निम्ति गठित उपसमितिमार्फत अनुरोध गर्ने ।
७. सातै प्रदेशका बालसाहित्य प्रकाशनका विवरणसहितको अनुसन्धनात्मक लेखका लागि अनुरोध गर्ने ।
८. प्रत्येक प्रदेशबाट कम्तीमा एकएक जना बालक र बालिका रहने गरी प्रतिनिधि बालसमूह गठनमा पहल गर्ने ।
९. वित्तीय शिक्षा, प्रकृति संरक्षण, बालअधिकार, सहसिर्जनालगायतका बालोपयोगी अन्य विषयहरूसमेत समावेश गरी बालबालिकामाझ प्रशिक्षणात्मक कार्यशाला गर्ने ।
१०. युनेस्कोको आर्थिक सहयोगमा नेबासासबाट सम्पादन गरी बुझाइएको ‘बालविश्वकोश भाग १ र २’ प्रकाशनार्थ पहल गर्ने ।
११. कोेभिड–१९ का कारण भएको बन्दाबन्दीमा बालबालिकाका आफ्ना अनुभव तथा शिक्षक एवं अभिभावकहरूका बालबालिका केन्द्रित अनुभवहरूसमेत सम्बद्ध ठाउँमै पुगी सङ्कलन गर्ने र बालपुस्तकका रूपमा यसको प्रकाशन गर्ने ।
१२. भाद्र २९ गते बालदिवसको अवसरमा “राष्ट्रिय बालसाहित्य महोत्सव” को आयोजना गर्ने । यसका लागि नेपाल प्रज्ञाप्रतिष्ठानसँग सहकार्यका लागि अनुरोध गर्ने ।
१३. उपत्यका र प्रदेशमा कम्तीमा एकएक ओटा बालपुस्तक प्रदर्शनीको आयोजना गर्ने ।
१४. सातै प्रदेशमा नेबासासका सदस्यमध्येबाट संयोजक, सहसंयोजक तय गरी उहाँहरूमार्फत प्रदेश एवं स्थानीय निकायसम्म बालसाहित्यिक कार्यक्रम विस्तार गर्ने ।
१५. ‘नेबासास सदस्य परिचयात्मक कोश २०७८’ प्रकाशन गर्ने ।
१६. विभिन्न भाषाभाषी समुदायमा पुगी बालसाहित्यका विविध कार्यक्रम गर्ने तथा यस्ता समुदायमा रहेका बाललोककथा सङ्कलन र प्रकाशनका कार्य गर्ने ।
१७. दृष्टिविहीन, बहिरा आदि फरक क्षमताका बालबालिकालाई बालसाहित्यिक आस्वादन गराउने गरी सम्बद्ध संस्थाहरूसँग सहकार्य गर्ने ।
१८. बालसाहित्यको गुणात्मक एवं सङ्ख्यात्मक विकासका लागि प्रतिवर्ष कार्यशालालगायतका प्रक्रियाबाट क्रमिक रूपमा अगि बढ्ने गरी यस क्षेत्रमा लामो समयदेखि लागिपरेका रुम टु रिड जस्ता संस्थाहरूसँग सहकार्य गर्ने ।
१९ अघिल्लो कार्यसमितिले गर्न नभ्याएका उपयोगी कार्यक्रमलाई निरन्तरता दिँदै राष्ट्रिय बालसाहित्य सम्मेलन, वार्षिक साधारणसभा जस्ता नेबासासका नियमित कार्यक्रमहरू गर्ने ।
२०. बालसाहित्यिक अभिवृद्धि एवं बालअधिकारसम्बन्धी निम्नानुसारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू विशेष कार्यक्रमका साथ मनाउने ः
महिना दिन, तारिख विशेष दिन
फ्रेब्रुअरी वसन्त पञ्चमी राष्ट्रिय (बाल)पुस्तक दिवस
१६ सस्वर पठन दिवस
२१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मार्च
२० अन्तर्राष्ट्रिय कथावाचन दिवस
अप्रिल
२ विश्व बालपुस्तक दिवस
२३ विश्व पुस्तक दिवस (प्रतिलिपि अधिकार दिवस)
जुन
४ निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस
जुलाइ असार
२९ भानु जयन्ती
सेप्टेम्बर
८ विश्व साक्षरता दिवस
भदौ
७ जयपृथ्वीबहादुर सिंह जन्म जयन्ती
२९ राष्ट्रिय बाल दिवस (राष्ट्रिय कथावाचन दिवस)
अक्टोबर
५ विश्व शिक्षक दिवस
नोभेम्बर
२० अन्तर्राष्ट्रिय बालअधिकार दिवस
१७ विद्यार्थी दिवस
ख) दीर्घकालीन योजनाहरू ः
गन्तव्य जति टाढा भए तापनि यहाँ पुग्न पहिलो पाइला चाल्नै पर्ने हुन्छ । यही तथ्यलाई मनन गर्दै वर्तमान कार्यसमितिले नेपाल बालसाहित्य समाजको संस्थागत सुदृढीकरण एवं उन्नयनका लागि निम्नानुसारका कार्यक्रमहरू प्रारम्भ गर्ने सोचसहित यसका लागि तत्काल पहलकदमी थाल्ने लक्ष्य लिएको छ ः
१. नेबासास बालसाहित्य सर्जक राहत कोशको स्थापना ः
दैवी या अन्य आकस्मिक दुर्घटनामा पर्दा नेबासासका सदस्यहरूलाई केही आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ यस कोशको स्थापना गरिएको हो । यस कोशमा नेबासासका अब बन्ने आजीवन सदस्यका केही शुल्क रकमका साथै पुराना सदस्य तथा अन्य शुभेच्छुकबाट प्राप्त चन्दास्वरूपको आर्थिक सहयोग जम्मा हुनेछ । यी रकमहरू अक्षय कोशका रूपमा ब्याङ्कमा जम्मा गरिनेछ र सोको ब्याज रकमबाट मात्र खर्च गरिनेछ । यसमा सहयोग उपलब्ध गराउने, खर्च गरिने विधिलगायतका अन्य आवश्यक सन्दर्भलाई नियमावली बनाई व्यवस्थित गरिनेछ । कार्यसमितिले यस्तो निर्णय गरेलगत्तै यस कोशमा क्रमश रू. दशहजार (१०,०००) र पाँचहजार (५०००) सहयोग गर्नु हुने अध्यक्ष प्रा. डा. ध्रुव घिमिरे तथा सदस्य शान्ति सापकोटाप्रति धन्यवाद ज्ञापन गर्दै यसैगरी आर्थिक सहयोग गर्न सदस्य महानुभावमा अनुरोध गरिन्छ । प्राप्त सहयोगको अभिलेखीकरणका अतिरिक्त समाजको सञ्जालमा राखी भावी साधारणसभामा सार्वजनिकीकरण गरिनुका साथै दातालाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।
यस कोशका सहयोगी दाताहरूले नेबासासको कार्यलयमा स्वयं उपस्थित भएर वा नेपाल बालासाहित्य समाजको कृषि विकास बैँक, रत्नपार्क शाखा, बचत खाता नम्बर ०० लाई प्रयोग गर्न सक्नुहुने छ ।
२. नेबासास अक्षय कोशको पुनसर््थापना ः
आफ्नो स्थापनाकालदेखि नै विभिन्न महानुभावहरूबाट चन्दा संकलनसमेत गरी स्थापना गरिएको नेबासास अक्षय कोशको सम्पूर्ण रकम केही वर्ष पहिले नै आर्थिक कठिनाइका कारण पछि सोधभर्ना गर्ने गरी खर्च भइसकेको तर हालसम्म पनि यसको सोधभर्ना नभएकाले वर्तमान कार्यसमितिले उक्त कोश पुनसर््थापना गर्ने निर्णय गरेको छ । यसमा अब बन्ने आजीवन सदस्यतावापतको केही रकमका साथै शुभचिन्तकहरूबाट चन्दास्वरूप प्राप्त रकम जम्मा हुने छ । यसको ब्याजबाट मात्र कार्यालयीय खर्च गर्ने गरी यसलाई नियमावलीबाट व्यवस्थित गरिने छ । यस कोशका लागि सहयोग गरिदिनुहुन कार्यसमिति सम्पूर्ण सदस्य एवं शुभेच्छुक महानुभावहरूमा अपिल गर्दछ । प्राप्त सहयोगको अभिलेखीकरणका साथै समाजको सामाजिक सञ्जालका अतिरिक्त भावी साधारणसभामा यसको सार्वजनिकीकरण गरिने छ र सहयोगी महानुभावलाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।
३. नेबासास सामुदायिक बालपुस्तकालय स्थापनाका लागि पहल ः
नेबासासले आफ्नो स्थापनाकालदेखि नै बालपुस्तकालय सञ्चालनको लक्ष्य लिए तापनि हालसम्म यसले पूर्णता नपाएकाले वर्तमान कार्यसमितिले हाललाई काठमाडौँ उपत्यकाभित्र सुविधा सम्पन्न नेबासास सामुदायिक बालपुस्तकालय स्थापनाको लक्ष्य लिएको छ । यसका लागि आवश्यक जग्गा उपलब्ध गराइदिनका निम्ति संघीय, प्रादेशिक एवं स्थानीय सरकारसँग पहल गर्ने र भवन निर्माणका लागि नेपाल सरकारका विभिन्न निकायका अतररिक्त स्वदेशी तथा विदेशी दातृसंस्थासँग अनुरोध गर्ने निर्णय गरेको छ । यस पुनित कार्यमा आ–आफ्ना स्थानबाट पहलकदमी गर्न यो कार्यसमिति नेबासासका सदस्यका अतिरिक्त सम्बद्ध महानुभावमा हार्दिक अपिल गर्दछ ।
४. वार्षिक अनुदान व्यवस्थापनका लागि पहल ः
नेबासास गैरनाफामुखी सामाजिक संस्था भएकाले स्थापनाकालदेखि नै यसले आर्थिक संकट भोग्दै आएको छ । २०५० को दशकको अन्त्यतिर यसले सरकारी तहबाट वार्षिक रु. तीन लाख (३०००००) अनुदान प्राप्त गरे तापनि राजनीतिक परिवर्तन पछि यस क्रमलाई हालसम्म पनि जोड्न सकिएको छैन । अतः यसकार्य समितिले राज्यका तीनवटै अङ्गमा बालसाहित्यको अभिवृद्धिका लागि वार्षिक अनुदानको व्यवस्था गर्न पत्राचार प्रतिनिधि मण्डलद्वारा भेटघाट जस्ता प्रक्रियाहरूबाट पहल गर्ने योजना बनाएको छ । यसका लागि आआफ्ना क्षेत्रबाट सहयोग गरिदिन हुन सम्पूर्ण सदस्य महानुभावहरूमा हार्दिक अनुरोध गर्दछ ।
५. विभिन्न सरकारी नीतिमा बालसाहित्यको समावेशनका लागि पहल
नेपाल सरकारसँग विचाराधिन रहेको पुस्तक नीति एवं पुस्तकालय गुरुयोजनामा बालसाहित्यलाई यथोचित समावेशन र सम्बोधन गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गर्नुका साथै नेपाल सरकारबाट विभिन्न विद्यालयमा बालपुस्तक खरिदका लागिसमेत उपलब्ध गराइँदै आएको अनुदानमा कक्षागत स्तरीय बालसाहित्यक पुस्तकहरूको समावेशनका लागि सम्बन्धित निकायमा पहल कदमी गर्ने योजना राखेको छ ।
६. कार्यक्रम विस्तार
देश संघीयतामा गइसकेकाले अबका दिनमा नेबासासले पनि आपूmलाई सोहीअनुरूप ढाल्नुपर्ने हुन्छ । त्यसका लागि नेबासासको विधानमा संशोधन आवश्यक हुन आउँछ । साधारणसभाबाट पारित गरी तदनुकुलको विधान नबनुन्जेलका लागि कार्यसमितिले सातैवटा प्रदेशमा संयोजक चयन गर्दै उहाँहरूका माध्यमबाट प्रदेश तथा स्थानीय निकायसँग समन्वय गरी बालसाहित्यि गतिविधि विस्तार गर्ने योजना रहेको छ । यसैगरी नेपाल सरकारका केन्द्र, प्रदेश र स्थानीय निकायका अतिरिक्त नेपालमा कार्यरत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विभिन्न देशमा रहेका बालसाहित्यिक संस्थाहरूसँग सम्बन्ध विस्तार गरी बालसाहित्यको प्रवद्र्धनका लागि सहकार्य गर्ने योजना रहको छ ।
ग) नीति ः
१. नेबासासका निर्धारित कार्यहरू सम्पन्न गर्ने गरी आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने र विषयअनुसारका ती उपसमितिहरूमा रही काम गर्ने गरी क्षमता, विज्ञता र अनुभवका आधारमा नेबासासका सदस्यमहानुभावलाई जिम्मेवारी दिने ।
२. नेबासासले प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले
यसको कार्यावधि रहेसम्म नलिने तर प्रमाणपत्रहरू लिन भने बाधा नपर्ने ।
३. नेबासासका हाल रहेका पुरस्कारहरूबाहेक अन्य बालसाहित्यिक पुरस्कार थप गर्न चाहेमा सोका लागि अक्षयकोशमा आवश्यक रकम जम्मा गरेपछि सम्बन्धित व्यक्ति÷संस्थासमेतको नाममा पुरस्कार स्थापना गर्न प्रोत्साहित गर्ने ।
४. योजना तथा आर्थिकलगायत अन्य गतिविधिकाबारे नेबासासका म्यासेन्जर समूह एवं
इमेलबाट सदस्य महानुभवलाई नियमित रूपमा अवगत गराउने ।