प्रमोद प्रधानको नेतृत्वमा नेबासास कार्यसमिति गठन
सबै पदमा निर्विरोध
काठमाडौँ । नेपाल बालसाहित्य समाजको नयाँ कार्यसमिति बालसाहित्यमा लामो समयदेखि क्रियाशील एवम् पूर्व कार्यसमितिका उपाध्यक्ष प्रमोद प्रधानको नेतृत्वमा गठन भएको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदीप सिग्देल, ६ जना उपाध्यक्षहरूमा डा. यादेवी ढकाल (कोसी), नवराज रिजाल (मधेस), विजयराज न्यौपाने (गण्डकी), प्रा.डा. कपिलदेव लामिछाने (लुम्बिनी), कालीबहादुर शाही (कर्णाली) डा. पुष्करराज भट्ट (सुदूरपश्चिम) रहनुभएको छ । वरिष्ठ उपाध्यक्षले भने वागमती प्रदेशका गतिविधिहरू हेर्ने प्रावधान रहेको छ । यस्तो व्यवस्था कार्यसमितिमा पहिलोपल्ट भएको हो ।
समाजको महासचिवमा विजयराज आचार्य, सचिवमा डा. विष्णुकुमार खत्री र राजेन्द्रभक्त जोशी तथा सदस्यहरूमा अर्पिता शाक्य, प्रभा भट्टराई, भानु भट्टराई, मन्जु ज्ञवाली, समन श्रेष्ठ र सुशीला प्रधानाङ्ग हुनुहुन्छ । कार्यसमितिका पदाधिकारी र सदस्यहरू सबै निर्विरोध चयन हुुनुभएको हो । वर्तमान कार्यसमिति बाह्रौँ कार्यसमिति हो ।
यसैबीच, २०८० वैशाख २ गते आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण ग¥यो । अध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रमोद प्रधानलाई कार्यालयको साँचो, महासचिव विजयराज आचार्यलाई बैठक पुस्तिका र कोषाध्यक्ष राजेन्द्रभक्त जोशीलाई आर्थिक प्रतिवेदन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्य होम भट्टराईले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा पूर्वघोषित नेबासास उत्कृष्ट बालपुस्तक लेखन पुरस्कार २०७६ बोकाको आत्मकथा कृतिका लागि प्रदान गरियो । लेखक दिवङ्गत भइसक्नु भएकोले उक्त पुरस्कार उहाँकी धर्मपत्नी गङ्गादेवी कसजूले ग्रहण गर्नुभएको थियो । पुरस्कारको राशि रू. १० हजार रहेको छ । सोही अवसरमा वरिष्ठ बालजीवनीलेखक गोपाल पराजुलीलाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार र पहिलो बालनियात्राकार डा. भूपहरि पौडेललाई नेबासास तेज–प्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कारको राशि रू. १५ हजार रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरले नयाँ समाज निर्माणका लागि बालसाहित्य अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उहाँले बूढापाकालाई सम्मानभन्दा मायाको खाँचो भएको धारणा पनि राख्नुभएको थियो । आजीवन सदस्य डा. मुकेशकुमार चालिसेले समाजअन्तर्गत आपूmले एउटा पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिने विचार गरेको जानकारी दिनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेले आफ्नो कार्यकालमा भए गरेका कार्यहरूबारे जानकारी दिनुभएको थियो । नवानिर्वाचित अध्यक्ष प्रमोद प्रधानले आगामी दिनमा सबैको साथ, सहयोग, सल्लाह र समन्वयमा समाजलाई अघि बढाउन आफ्नो प्रयास केन्द्रित रहने बताउनुभयो । कार्यक्रममा पुरस्कृत व्यक्तिहरू र पुरस्कृत व्यक्तिका प्रतिनिधि, निर्वाचन समितिका सदस्य होम भट्टराईले पनि बोल्नुभएको थियो ।