विश्व बालपुस्तक दिवसको अवसरमा
‘बालपुस्तकका पाठकहरू’ अन्तरक्रिया कार्यक्रम
वैशाख–३, काठमाडौँ÷ विश्व बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजना तथा श्री जनविकास मा.वि.सँगको सहकार्यमा ‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यतामा साथ सम्पन्न भएको छ । यही वैशाख ३ गते श्री जनविकास मा.वि. बल्खु, काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणको कार्यक्रममा ‘पाठक तथा समीक्षक क्लब’अन्तर्गत बालसाहित्यकार शान्ति सापकोटाद्वारा लिखित “टलक्क आँखा” बालकथा सङ्ग्रहको पाण्डुलिपिमाथि समीक्षा भएको थियो । ‘पाठक तथा समीक्षक क्लब’ नेपाल बालसाहित्य समाजले विगत केही वर्षदेखि निरन्तर रूपमा संचालन गर्दै आइरहेको कार्यक्रम हो । यस क्लबले बालपुस्तक तथा पाण्डुलिपिमाथि चर्चा÷समीक्षा गर्ने गर्दछ । नेपाल बालसाहित्य समाजका अक्ष्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको यस चरणको कार्यक्रममा उक्त बालकथा सङ्ग्रह भित्र रहेका ५ ओटा बालकथामाथि बालबालिका तथा प्रौढ समीक्षकहरुले समीक्षा गरेका थिए । बालबालिकाहरू सम्झना चौधरी (कक्षा ८), सङ्गीता कालिकोटे (कक्षा ८), समीक्षा भण्डारी (कक्षा ७), मनिषा पुलामी (कक्षा ७) र गौरी धामी (कक्षा ७) तथा बालसाहित्य सर्जक ध्रुव घिमिरेले पाण्डुलिपिमाथि समीक्षा गर्दै महत्वपूर्ण सुझाव दिएका थिए । लेखिका शान्ति सापकोटाले महत्वपूर्ण सुझावहरुप्रति खुसी व्यक्त गर्नुभएको थियो । समीक्षक बालबालिकालाई पुरस्कार स्वरूप बालपुस्तक प्रदान गरिएको थियो । यस चरणको कार्यक्रम समापन गर्दै सभाध्यक्षले बालबालिकाका लागि लेखिने बालसाहित्य सामग्री बालबालिकालाई नै समीक्षा गराउनुको उद्देश्य, महत्वमाथि प्रकाश पार्नु भएको थियो ।
दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम नेबासासका उपाध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा शुभारम्भ भएको थियो । ‘बालपुस्तकका पाठकहरू’ विषयमा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा आठसम्मका उपस्थित सम्पूर्ण बालबालिकालाई बालपुस्तक वितरण गरिएको थियो । उक्त कार्यव्रmममा नेबासासका कार्यसमिति सदस्य सजनी नौबागेले बालपुस्तक पठनका बारेमा आफ्ना अनुभव बताउनुभएको थियो । नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले विद्यालयमा बालपुस्तकालय र कक्षाकोठामा बालपुस्तकको आवश्यकतामाथि प्रकाश पर्नुभएको थियो । नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुका साथै बालबालिका, शिक्षक तथा अभिभावकका लागि बालपुस्तकको महत्व, आवश्यकताको चर्चा गर्नुभएको थियो । कार्यक्रममा केही विद्यार्थीहरूले बालपुस्तक पढेर भएको फाइदा र सिकेका कुराहरू आदानप्रदान गरेका थिए । विद्यालयका प्र.अ. सीतादेवी ढकालले कार्यक्रम भव्य र प्रभावकारी भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमआयोजना गरी बालबालिकाहरूलाई उत्प्रेरित गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवाली, आजीवन सदस्य लालबहादुर भुजेललगायत शिक्षक÷शिक्षकाहरूको उपस्थिति रहेको थियो ।
बालपुस्तकले आफूलाई कसरी सकारात्मक परिवर्तन ग¥यो ? पठन संस्कृतिको विकास कसरी हुन्छ र किन आवश्यक छ ? बालपुस्तकको अपरिहार्यता किन र कस्तो रहेको छ भन्ने आफ्ना अनुभवसहितको मन्तव्य राख्दै यस सत्रका अध्यक्ष प्रमोद प्रदानले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।