Check Mail Feedback

स्वागत तथा बधाई ज्ञापन कार्यक्रम

आफ्ना परिवारका सदस्य कुनै असल, राम्रो स्थान ओगट्न सफल भएमा कुन परिवार खुसी नहोला र ? परिवारका त्यस्ता सदस्यलाई कुन परिवारले बधाई ज्ञापन नगर्ला र ? हो, नेपाल बालसाहित्य समाजको परिवारमा पनि खुसी छाएको छ । नेपाल बालसाहित्य समाजका आजीवन सदस्य एवं पूर्व उपाध्यक्ष वरिष्ठ कलाकार श्री के.के. कर्माचार्य यतिबेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति जस्तो गरिमामय पदमा पदासिन रहनु भएको छ । यसैगरी नेपाल बालसाहित्य समाजका आजीवन सदस्य एवं पूर्व सल्लाहकार वरिष्ठ साहित्यकार श्री माया ठकुरी तथा आजीवन सदस्य वरिष्ठ साहित्यकार डा. देवी नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य साथै आजीवन सदस्य वरिष्ठ साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य जस्ता गरिमामय पदमा पदासिन हुनुहुन्छ ।
नेपाल बालसाहित्य समाजले आफ्ना सदस्यहरुलाई आफ्नै घरमा स्वागत गर्दै बधाई ज्ञापन ग¥यो । यही फागुन १५ गते समाजका अक्ष्यक्ष डा. शैलुन्दुप्रकाश नेपालको सभापतित्वमा नेबासासकै कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यले आफ्नो घरले स्वागत गर्दै बधाई दिँदा निकै खुसी लागेको बताउँदै घरलाई राम्रो बनाउन हामी सबै लाग्नु पर्ने र लाग्ने छौँ भन्नुभयो । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्री माया ठकुरी तथा डा. देवी नेपालले खुसी व्यक्त गर्दै घरले हामीलाई राम्रो काम गरेस्, सुमार्गमा लागेस् भनेर शुभकामना दिँदै खबरदारी पनि गरेको कुरा बताउनु भयो । मन्तव्यका क्रममा गर्नु पर्ने धेरै काम रहेको र आपूmहरु दत्तचित्त भई यस कर्ममा लागि पर्ने कुरा पनि व्यक्त गर्नुभयो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्री मञ्जुल स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन ।
कार्यक्रममा नेपाल बालसाहित्य समाजका अनन्य शुभचिन्तक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य वरिष्ठ कलाकार श्री सुष्माराज भण्डारीलाई पनि बधाई ज्ञापन गरिएको थियो । सम्पूर्ण सदस्यहरुलाई बधाई पत्रसहित सम्मान गर्दै समाजका अध्यक्ष डा. नेपालले घर सधैँ आफ्ना परिवारका सदस्यहरुको शुभ चाहने, घरको आशा र भरोसा भनेकै सदस्यहरु हुन् भन्ने कुरा व्यक्त गर्नुभयो ।
महासचिव डा. धु्रवकुमार घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष श्री प्रमोद प्रधानले पनि आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव श्री यशु श्रेष्ठ, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी, कार्यसमिति सदस्य श्री एकाराम सिं, डा. जयन्ती पौडेल, डा. यादेवी ढकाल, डा. विष्णुकुमार खत्री तथा श्री शशी थापा पण्डितलगायतको उपस्थिति रहेको थियो ।