Check Mail Feedback

अन्तर्राष्ट्रिय साक्षरता दिवसमा कार्यक्रम

सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय तथा विभिन्न संघसंस्थाहरुले साक्षरताका लागि जागरण फैलाउन यो दिवसलाई विभिन्न तरिकाले स्वस्पूmर्त रूपमा मनाउने गर्दछन् ।
नेपाल बालसाहित्य समाजले पनि अक्षर सदनसँगको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनायो । २०७५ भाद्र २३ गते पद्मकन्या क्याम्पस, बागबजार, काठमाडौँको सभाहलमा शिक्षक, अभिभावक तथा बालसाहित्य सर्जकहरुसँगको अन्तरक्रिया, छलफल तथा कार्यपत्र प्रस्तुत गरी कार्यक्रम मनाइएको थियो । नेबासासका सल्लाहकार प्रा.रामकुमार पाण्डेले साक्षरता विकास शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा पुस्तकालय विशेषज्ञ भोला श्रेष्ठ, बालसाहित्य सर्जक विनयकुमार कसजू, नेबासासका पूर्व अध्यक्ष तथा सर्जक तेजप्रकाश श्रेष्ठ आदि व्यक्तित्वहरूले टिप्पणी गर्नु भएको थियो । बालसाहित्य सर्जक विजयराज न्यौपानेले कार्यपत्रको सारांश प्रस्तुत गर्नु भएको थियो । अक्षर सदनका अध्यक्ष प्रा.डा. चुडामणि बन्धुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेबासासका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले साक्षरता विकासका सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव डा. ध्रुवकुमार घिमिरेले गर्नु भएको थियो ।