Check Mail Feedback

डा. डिल्लिरमण रेग्मीको बालपयोगी जीवनी लेखन संयोजन

नेपाल बालसाहित्य समाजको संयोजनमा बालसाहित्य सर्जकद्व सुशीला प्रधानाङ्गको लेखन तथा प्रा.डा. ध्रुवकुमार घिमिरेको सम्पादनमा ‘डा. डिल्लिरमण रेग्मी’ को बालपयोगी जीवनी प्रकाशन भएको हो । यस पुस्तक प्रकाशनका लागि डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा सहयोग प्राप्त भएको थियो ।

मिति २०७९ पुष ३ गतेका दिन डा. डिल्लिरमण रेग्मीज्यूको ११० औँ जन्मजयन्ती एवं शान्ति दिवस समारोहको उपलक्ष्यमा डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयको सभाहलमा यस कार्यक्रम सम्पन्न भएको थियो । पुस्तकालय विकास समिति तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा.डा ध्रुवकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेबासासका आजीवन सदस्य तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय के के कर्माचार्य हुनुहुन्थ्यो ।

पुस्तकालय विकास समितिका सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव दीपक शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पुस्तकालय विकास समितिका पूर्व अध्यक्ष डा. तुलसीप्रसाद भट्टराई, त्रि.वि इतिहास संस्कृति विभागकी पूर्व अध्यक्ष प्रा.डा. विणा पौडेल, नेबासास कार्यसमिति सदस्य तथा सर्जक सुशीला प्रधानाङ्गलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेबासासका आजीवन सदस्य विजयराज न्यौपानेले ‘डा. डिल्लिरमण’ शीर्षकको कविता पनि वाचन गर्नुभएको थियो भने नेबासास कार्यसमिति सदस्य सजनी नौबागे, आजीवन सदस्य रञ्जुश्री पराजुली, महासचिव यशु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । पुस्तकालयका सदस्य सचिव तथा नेबासासका आजीवन सदस्य भोला श्रेष्ठले संचालन गर्नुभएको यस भव्य कार्यक्रममा डिल्लिरमण रेग्मीको बालपयोगी जीवनी प्रकाशन हुनु साह्रै राम्रो भएको र यसको प्रभाव राम्रो पर्ने कुरा भन्दै वक्ताहरूले पुस्तकको प्रशंसा गर्नुभएको थियो ।