Check Mail Feedback

शब्दविहीन चित्रकथा कार्यशाला सम्पन्न

काठमाडौँ, टौदह – साना उमेर समूहका बालबालिकाहरु जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । कलम समाउने सीप सिकेका हुन्छन् अनि ती बालबालिकाहरु जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् । उनीहरुका लागि लक्षित गरेर इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल च्याप्टर र नेपाल बालसाहित्य समाजको तत्ववधानमा दुई दिने शब्दविहीन चित्रकथा लेखन कार्यशाला आयोजना गरियो । २०७४ भाद्र २२ र २३ गते संचालित उक्त कार्यशालामा नेपालका वरिष्ठ चित्रकार एवं बालसाहित्य सर्जकहरुका साथै नवोदित चित्रकारहरुको सहभागिता रहेको थियो । विश्व शिक्षा÷साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसरमा आयोजित कार्यशालाको पहिलो दिन शब्दविहीन चित्रकथा लेखनका बारेमा प्रा.डा. चूडामणि बन्धु, प्रा. रामकुमार पाण्डे, डा. धु्रव घिमिरे एवं समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले प्रकाश पार्नु भएको थियो । वरिष्ठ चित्रकार के.के. कर्माचार्य, अशोकमान सिँह एवं एकाराम सिंले चित्राङ्कनका पक्षमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यशालाको दोस्रो दिन सहभागीहरुद्वारा लेखिएका कथामाथि छलफल भएको थियो । कार्यशालामा नेबासासका उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, सचिव यशु श्रेष्ठ र सदस्य राजेन्द्रभक्त जोशी एवं विजयराज आचार्यको समेत सव्रिmय सहभागिता रहेको थियो । सहभागीहरुबाट तयार पारिएका करिब एक दर्जन शब्दविहीन चित्रकथाका पुस्तकहरु आवश्यक परिमार्जन र साजसज्जा सहित यही २०७४ साल माघ महिनाभित्र प्रकाशन गरिसक्ने योजना रहेको कुरा आयोजकद्वारा जानकारी गराइएको छ ।

शब्दविहीन चित्रकथा कार्यशाला सम्पन्न

काठमाडौँ, टौदह – साना उमेर समूहका बालबालिकाहरु जसले भर्खर किताबका पाना पल्टाउने उत्सुकता देखाउँछन् । कलम समाउने सीप सिकेका हुन्छन् अनि ती बालबालिकाहरु जसले सिर्जनशील लेखनमा चासो देखाउँछन् । उनीहरुका लागि लक्षित गरेर इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आइबिबिवाइ) को नेपाल च्याप्टर र नेपाल बालसाहित्य समाजको तत्ववधानमा दुई दिने शब्दविहीन चित्रकथा लेखन कार्यशाला आयोजना गरियो । २०७४ भाद्र २२ र २३ गते संचालित उक्त कार्यशालामा नेपालका वरिष्ठ चित्रकार एवं बालसाहित्य सर्जकहरुका साथै नवोदित चित्रकारहरुको सहभागिता रहेको थियो । विश्व शिक्षा÷साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसरमा आयोजित कार्यशालाको पहिलो दिन शब्दविहीन चित्रकथा लेखनका बारेमा प्रा.डा. चूडामणि बन्धु, प्रा. रामकुमार पाण्डे, डा. धु्रव घिमिरे एवं समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले प्रकाश पार्नु भएको थियो । वरिष्ठ चित्रकार के.के. कर्माचार्य, अशोकमान सिँह एवं एकाराम सिंले चित्राङ्कनका पक्षमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यशालाको दोस्रो दिन सहभागीहरुद्वारा लेखिएका कथामाथि छलफल भएको थियो । कार्यशालामा नेबासासका उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, सचिव यशु श्रेष्ठ र सदस्य राजेन्द्रभक्त जोशी एवं विजयराज आचार्यको समेत सव्रिmय सहभागिता रहेको थियो ।
सहभागीहरुबाट तयार पारिएका करिब एक दर्जन शब्दविहीन चित्रकथाका पुस्तकहरु आवश्यक परिमार्जन र साजसज्जा सहित यही २०७४ साल माघ महिनाभित्र प्रकाशन गरिसक्ने योजना रहेको कुरा आयोजकद्वारा जानकारी गराइएको छ ।