Check Mail Feedback

वर्तमान कार्यसमिति

वर्तमान कार्यसमिति

२०७५र ७६ का लागि[/caption]काठमाडौँ । नेपालबालसाहित्य समाजको २०७५–७६ का लागि नयाँ कार्यसमिति डा.शैलेन्दुप्रकाश नेपालको नेतृत्वमा गठन भएको छ । कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्य समितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान, महासचिवमा डा. धु्रव घिमिरे र कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी तथा सदस्यहरूमा डा.ऋषिराम शर्मा, श्री एकाराम सिं, डा. जयन्ती रूपाखेती, डा.यादेवी ढकाल, डा. विष्णुकुमार खत्री र श्री शशीथापा पण्डित रहनुभएको छ ।
नेबासासको विधान–२०४४(संशोधन सहित) अनुसार कार्यसमिति निर्वाचनका लागि श्री हरिप्रसाद भण्डारीको संयोजकत्वमा श्री अमरकुमार प्रधान तथा श्री हिरण्यकुमारी पाठक सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यसमितिमा डा. ऋषिराम शर्मा, डा. जयन्ती रूपाखेती, डा. विष्णुकुमार खत्री तथा श्री शशी थापा पण्डित नयाँ अनुहार हुन् भने अन्य पदाधिकारी तथा सदस्य महानुभावहरूले यस अघिका कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।