Check Mail Feedback

मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यक्रम

मुस्ताङमा ‘मेरो गाउँको कथा’ कार्यव्रmम

कथा सुनाउँदै पाकाहरु
कथा सुन्दै बालबालिकाहरु

International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास – Nepalese Board on Books for Young people (NBBY/co­NESCHIL) ले नेपालका तीन जिल्ला मुस्ताङ, सुर्खेत र अर्घाखाँचीमा ’मेरो गाउँको कथा’ (Stories from my villege) कार्यव्रmम संचालन गरिरहेको छ । मुस्ताङ जिल्लाका विशेष गरी तल्लो मुस्ताङ क्षेत्रमा रहेका लोपोन्मुख जाति थकाली, सुर्खेत जिल्लामा रहेका लोपोन्मुख जाति राजी र अर्घाखाँची जिल्ला आसपासमा रहेका लोपोन्मुख कुमाल जातिका संस्कार, संस्कृति, लोकपरम्परा तथा लोककथाहरु संकलन गरी संरक्षण गर्ने हेतुले यो कार्यव्रmम संचालन भइरहेको छ ।

यी तीनै जातिका कम्तीमा पनि १५÷१५ ओटा कथा संकलन गरी बालबालिकाहरुका लागि उपयुक्त हुने तीन बालपुस्तक तथा तीनै ४५ कथा मध्ये दृश्यविहीन बालबालिकाहरुका लागि समेत उपर्युक्त हुने १५ कथा छनौट गरी ब्रेल लिपिमा समेत पुस्तक प्रकाशित गरिने छ ।

कार्यक्रमको पहिलो चरण कार्यक्षेत्र भ्रमण, अवलोकन, सम्बन्धित जातिका मानिसहरुसँग भलाकुसारी, अन्तर्वार्ता, छलफल गर्ने, उनीहरुका कथा सुत्रे, बालबालिकाहरुलाई समेत सुनाएर बालबालिकाबाटै कथा लेख्न लगाउने, बालबालिकाहरुले पनि सोही कथा वाचन गर्ने, वाचित कथामाथि छलफल गरी तिनै कथाहरु संकलन गर्ने हुने छ भने दोस्रो चरणमा संकलित कथा लाई सम्पादन, चित्राङ्कन सहितका कामहरु गरी पुस्तक प्रकाशनको गरिने छ ।

पहिलो चरणमा मुस्ताङ जिल्लाको तल्लो मुस्ताङको कोवाङ, टुकुचे, मार्फा र जोमसोङ तथा आसपास रहेका थकाली जातिहरुका लोकसामग्री संकलनका लागि नेबासासका सम्बन्धित टोलीको भ्रमण सकिसकेको छ भने सुर्खेत र अर्घाखाँची जिल्ला बाँकी रहेको छ । थकाली जातिका कथाहरु संकलन गर्न नेबासासका तर्फबाट प्रा.डा. धु्रवकुमार घिमिरे र यशु श्रेष्ठ रहेको दुई जनाको टोली प्रस्थान गरेको थियो । २०७५ असोज ०८ गते प्रस्थान गरी १० गतेदेखि १२ गतेसम्म टोलीले थकाली समुदायका माझ रहेर कार्यक्रमको उद्देश्य अनुरूप कार्यहरु गरेको थियो । पहिलो दिन थकाली अभिभावकहरुलाई भेटी टुकुचेमै रहेको थाक सामुदायिक पुस्तकालयको हलमा बालबालिकाहरुमाझ कार्यक्रम गरिएको थियो । पन्ध्र जनाभन्दा बढी बालबालिकाहरु अभिभावकबाट कथा सुन्न पाउँदा अत्यन्तै खुसी देखिन्थे । उक्त कार्यक्रममा थकालीमा रहेका विभिन्न जातिहरुमध्ये भट्टचन, तुलाचन, शेरचन र गौचनको कथा सुनिएको थियो । दोस्रो दिन टुकुचेका मुखिया निर्झर भट्टचनसँग तथा कोवाङमा गई मिरमुखिया भट्टचनसँग भेटघाट गरिएको थियो । तेस्रो दिन थकाली भित्रकै मानिने हिराचन, लालचनलगायतका थरहरुका कथा सुनिएको थियो । यसरी तिन दिने कार्यक्रममा औपचारिक कार्यक्रमसहित स्थान भ्रमण र भेटघाट पनि प्रशस्तै गरिएको थियो । तीन दिने कार्यक्रम सकेर टोली १२ गते जोमसोमबाट काठमाडौँतर्फ प्रस्थान गरी १३ गते काठमाडौँ आइपुगेको थियो । थकाली समुदायमाझ गई कार्यक्रम सम्पत्र गर्न थाक सामुदायिक पुस्तकालय, रिड नेपालका एल.वि. भण्डारी, थाक पुस्तकालयका अध्यक्ष विष्णु थकाली, वडा सदस्य विमला तुलाचन, मुखिया निर्झर भट्टचन, मिरमुखिया जुहार भट्टचन, थकाली अध्यक्ष पथबहादुर थकालीलगायतले सहयोग गर्नुभएको थियो ।