Activities
टोखा बालसाहित्य महोत्सव
टोखा बालसाहित्य महोत्सव कथालय इन्कको प्राविधिक सहयोग, टोखा नगरपालिका र त्रियोग स्कुल, टोखासहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा प्रथम टोखा बालसाहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७५ फागुन ११ गते भएको एक दिने महोत्सवमा १८ ओटाभन्दा बढी विभिन्न विद्यालयबाट ३००० भन्दा बढी बालबालिकाहरूको सहभागिता रहेको थियो । विभिन्न उमेर...
Read Moreस्वागत तथा बधाई ज्ञापन कार्यक्रम
आफ्ना परिवारका सदस्य कुनै असल, राम्रो स्थान ओगट्न सफल भएमा कुन परिवार खुसी नहोला र ? परिवारका त्यस्ता सदस्यलाई कुन परिवारले बधाई ज्ञापन नगर्ला र ? हो, नेपाल बालसाहित्य समाजको परिवारमा पनि खुसी छाएको छ । नेपाल बालसाहित्य समाजका आजीवन सदस्य एवं पूर्व उपाध्यक्ष वरिष्ठ कलाकार श्री के.के. कर्माचार्य...
Read Moreबालसाहित्य समीक्षा कार्यशाला सम्पन्न
नेपाली बालसाहित्यमा बालसाहित्यको समीक्षा एकदमै कम हुने र पत्रपत्रिकाहरूमा त झनै कम प्रकाशित हुने वा पत्रपात्रिकाले समेत खासै चासो नदिने अवस्था रहेको छ । यस अवस्थालाई ध्यानमा राख्दै २०७५ असार ३० गते कथावाचक समाजको प्राविधिक सहयोगमा काठमाडौँको गोठाटारस्थित श्री श्रमशील मा.वि.मा बालसाहित्य समीक्षा सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको थियो...
Read Moreचितवन जिल्लामा मेरो गाउँको कथा कार्यक्रम
चेपाङ जातिकाे लाेक संस्कार र संस्कृतिका लागि नेपालमा ५९ ओटा जातीय समुदायहरु आदिवासी जनजातिहरुका रूपमा रहेका छन् । अधिकांश जातिहरू अल्पसंख्यक रहेका छन् । यिनीहरुका आफ्नै भेषभूषा, भाषा, संस्कार, संस्कृति, लोकपरम्परा र कथाहरु रहेका छन् । भेषभुषा, भाषा, संस्कार र संस्कृतिको अथाह सम्पत्तिले धनी यी समुदायहरुका यस्ता सम्पत्तिहरू विस्तार...
Read Moreसब्बुको साइकलमाथि समीक्षा
पाठक तथा समीक्षक क्लब बालसाहित्यको कुनै पनि भाषामा लेखिएको कुनै पनि विधाका पुस्तक वा पाण्डुलिपिमाथि पाठकीय तथा समीक्षकीय दृष्टिकोणले छलफल गर्ने एउटा क्लब हो । नेपाल बालसाहित्य समाजको एउटा अङ्गको रूपमा स्थापित यस क्लबले यस खालका कार्यव्रmमहरू नियमित रूपमा गर्ने गर्दछ । यसकै सिलसिलामा यही भाद्र ८ गते शुक्रबारका...
Read More२३ औँ साधारण सभा सम्पन्न
नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा आफ्नो २३ औँ साधारण सभा गरेको हो । २०७५ भाद्र २३ गते काठमाडौँमा सम्पन्न साधारण...
Read Moreअन्तर्राष्ट्रिय साक्षरता दिवसमा कार्यक्रम
सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय तथा विभिन्न संघसंस्थाहरुले साक्षरताका लागि जागरण फैलाउन यो दिवसलाई विभिन्न तरिकाले स्वस्पूmर्त रूपमा मनाउने गर्दछन् । नेपाल बालसाहित्य समाजले पनि अक्षर सदनसँगको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध...
Read Moreजयपृथ्वीबहादुर सिंहको १४२ औँ जन्मजयन्ती
जयपृथ्वीबहादुर सिंहलाई नेपाली राष्ट्रिय शिक्षा पद्धतिका जनक एवम् नेपाली बालसाहित्यका सूत्रधारका रूपमा लिइन्छ । यिनले लेखेका अक्षराङ्क शिक्षा नामको पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । योसहित यिनले १८ ओटा पुस्तक लेखेका थिए । स्कुल स्थापना गरेर जनजनलाई शिक्षित तुल्याउनु पर्छ भनेर राणा प्रधानमन्त्री देवशमशेरलाई यिनले नै झक्झाएका थिए...
Read Moreमेरो गाउँको कथा कार्यक्रम संचालन
मेरो गाउँको कथा कार्यक्रम संचालन International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास -Nepalese Board on Books for Youn people-NBBY/co-NESCHIL) ले नेपालका तीन जिल्ला बाँके, दोलखा र चितवनमा ‘मेरो गाउँको कथा’ (Stories from my villege) कार्यक्रम संचालन गरिरहेको छ । बाँके जिल्लाका...
Read Moreवर्तमान कार्यसमिति
वर्तमान कार्यसमिति २०७५र ७६ का लागिकाठमाडौँ । नेपालबालसाहित्य समाजको २०७५–७६ का लागि नयाँ कार्यसमिति डा.शैलेन्दुप्रकाश नेपालको नेतृत्वमा गठन भएको छ । कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्य समितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान, महासचिवमा डा. धु्रव घिमिरे र कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी तथा सदस्यहरूमा...
Read More