Activities

शब्द र चित्र कार्यशाला
नेपाल बालसाहित्य समाज तथा नेदरल्याण्डको संस्था “थाङ फाउन्डेसन”को संयुक्त आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा “शब्द र चित्र” कार्यशाला सम्पन्न भयो । २०७९ असार १४ र १५ गते बालचित्र पुस्तकका सर्जक÷सम्पादक तथा चित्रकारहरूका लागि यो दुईदिने कार्यशाला आयोजना भएको थियो । उक्त कार्यक्रममा थाङ फाउण्डेसनकी प्रमुख मार्लिन फिसरको...

सम्झौतापत्र हस्ताक्षर कार्यक्रम
रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका...

पुस्तकसँग मित्रता
विश्वविख्यात बालसाहित्य सर्जक हान्सक्रिश्चियन एन्डरसनको २१८ औँ जन्मजयन्तीका अवसरमा विश्वका ८० भन्दा धेरै देशहरुले एकैसाथ मनाइरेको ५६ औँ अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाजको आयोजना , रूम टु रिड र सानेपास्थित टीका विद्याश्रम मा.बि.को सहआयोजनामा ‘पुस्तकसँग मित्रता’ कार्यक्रम गरिएको थियो । २०७८ चैत्र २२ गते ८० भन्दा बढी...