अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता
नेबासासका सचिव श्री यशु श्रेष्ठ इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपल (आविविवाइ) को निमन्त्रणामा नेप्लिज बोर्ड अन बुक्स फर योङ पिपल (एनविविवाइ)का तर्फबाट प्रतिनिधि स्वरूप ग्रिसको राजधानी एथेन्समा आयोजित ३६ औँ अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनमा सहभागी हुनुभयो । ०७५ भाद्र १४, १५ र १६ गते आयोजित उक्त सम्मलनमा समाजका सचिव श्री यशु श्रेष्ठको महत्वपूर्ण र सक्रिय सहभागिता रहेको थियो ।
यो सहभागिताले समाजको अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आउनुका साथै नेपालमा भइरहेको बालसाहित्यका गतिविधि बारेमा अन्तर्राष्ट्रिय जगतमा जानकारी दिने एउटा अवसरसमेत प्राप्त भएको थियो । उक्त सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका २०० भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेका थिए ।