Check Mail Feedback

मेरो गाउँको कथा कार्यक्रम संचालन

मेरो गाउँको कथा कार्यक्रम संचालन
International Board on books for young people (IBBY) को आर्थिक सहयोगमा नेपाल बालसाहित्य समाज (नेबासास -Nepalese Board on Books for Youn people-NBBY/co-NESCHIL) ले नेपालका तीन जिल्ला बाँके, दोलखा र चितवनमा ‘मेरो गाउँको कथा’ (Stories from my villege) कार्यक्रम संचालन गरिरहेको छ । बाँके जिल्लाका विशेष गरी नेपालगञ्ज क्षेत्रमा रहेका लोपोन्मुख जाति चिडिमार, दोलखा जिल्लाका राम्पा गाउँमा रहेका लोपोन्मुख जाति थामी र चितवन जिल्लाका आसपासमा रहेका लोपोन्मुख चेपाङ जातिका संस्कार, संस्कृति, लोकपरम्परा तथा लोककथाहरु संकलन गरी संरक्षण गर्ने हेतुले यो कार्यक्रम संचालन भइरहेको छ ।
यी तीनै जातिका कम्तीमा पनि १५÷१५ ओटा कथा संकलन गरी बालबालिकाहरुका लागि उपर्युक्त हुने तीन बालपुस्तक तथा तीनै ४५ कथा मध्ये दृश्यविहीन बालबालिकाहरुका लागि समेत उपर्युक्त हुने १५ कथा छनौट गरी ब्रेल लिपिमा समेत पुस्तक प्रकाशित गरिने छ ।
कार्यव्रmमको पहिलो चरण कार्यक्षेत्र भ्रमण, अवलोकन, सम्बन्धित जातिका मानिसहरुसँग भलाकुसारी, अन्र्तवार्ता, छलफल गर्ने, उनीहरुका कथा सुन्ने, बालबालिकाहरुलाई समेत सुनाएर बालबालिकाबाटै कथा लेख्न लगाउने, बालबालिकाहरुले पनि सोही कथा वाचन गर्ने, वाचित कथामाथि छलफल गरी तिनै कथाहरु संकलन गर्ने हुने छ भने दोस्रो चरणमा संकलित कथालाई सम्पादन, चित्राङ्कन सहितका कामहरु गरी पुस्तक प्रकाशनको गरिने छ ।

पहिलो चरणको काममध्ये बाँके जिल्लाको नेपालगञ्ज तथा दोलखा जिल्लाको राम्पा गाउँमा नेबासासका सम्बन्धित टोलीको भ्रमण सकिसकेको छ भने चितवन जिल्लामा मात्र बाँकी रहेको छ ।
नेपालगञ्जको बेलासपुरमा रहेका चिडिमार जातिका कथाहरु संकलन गर्न नेबासासका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, श्री तेजप्रकाश श्रेष्ठ, डा. शैलेन्दुप्रकाश नेपाल, डा. धु्रव घिमिरे तथा श्री कार्तिकेय घिमिरे सहितको ५ जनाको टोली प्रस्थान गरेको थियो । २०७५ जेठ २१ गतेदेखि जेठ २५ गतेसम्म टोलीले चिडिमार समुदायका माझ रहेर कार्यव्रmमको उद्देश्य अनुरूप कार्यहरु गरेको थियो । चिडिमार समुदाय माझ गई कार्यव्रmम सम्पन्न गर्न वागेश्वरी क्याम्पसका नेपाल शिक्षक बालकृष्ण रेग्मी र चिडिमार समुदायका अगुवा रामु चिडिमारले सहयोग गर्नुभएको थियो ।

यसैगरी दोलखा जिल्लाको

राम्पा गाउँमा रहेका थामी जातिहरको कथाहरु संकलन गर्न नेबासासका तर्फबाट श्री अमरकुमार प्रधान, डा. जयन्ती रुपाखेती, श्री प्रमोद प्रधान, श्री यशु श्रेष्ठ र श्री शशीथापा पण्डितको टोली २०७५ जेठ १६ गते कार्यस्थलतर्फ प्रस्थान गरेको थियो । टोलीले जेठ १९ गतेसम्म कार्यस्थलमा रहेर कार्यव्रmमको उद्देश्य अनुरुप थामी जातिका पाका र बालबालिकाहरुसँग रहेर कार्यव्रmमहरु संचालन ग¥यो । थामी जातिमाझ रहेर कायव्रmम सम्पन्न गर्न स्थानीय अगुवा लालकृष्ण थामीले सहयोग गर्नुभएको थियो ।