कार्यभार हस्तान्तरण कार्यक्रम-२०७५ बैशाख १८ गते
कार्यभार हस्तान्तरण कार्यक्रम
काठमाडौँ : नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेबासासको विधान– २०४४ (पछिल्लो संशोधन सहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । वि.सं. २०७३ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७४ चैत्रमा २०७५र७६ का लागि निर्विरोध निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।
बागबजार स्थित पद्मकन्या क्याम्पसको सगरमाथाहलमा वि.सं. २०७५ वैशाख १८ गते निवर्तमान कार्यसमिति अक्ष्यक्ष श्री तेजप्रकाश श्रेष्ठको अध्यक्षतामा कार्यव्रmम सम्पन्न भएको हो । कार्यव्रmममा निवर्तमान कोषाध्यक्ष श्री कार्तिकेय घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरी वर्तमान कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशीलाई आर्थिक प्रतिवेदन सहित संस्थाको आर्थिक कारोबार रहेका बैंकहरूको चेक, भौतिक सामाग्री सहित बालपुस्तक आदिको फहरिस्त कागजपत्र साथै आर्थिक कारोबारका कागजात हस्तान्तरण गर्नुभएको थियो । निवर्तमान महासचिव श्री प्रमोद प्रधानले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान महासचिव डा. ध्रुवकुमार घिमिरेलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो । निवर्तमान अध्यक्ष श्री तेजप्रकाश श्रेष्ठले आफ्नो नेतृत्वको कार्यकालमा कार्यसमितिले सम्पन्न गरेका महत्वपूर्ण कार्यहरुका साथै सञ्चालन गरिरहेका महत्वपूर्ण कार्यव्रmमहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामना सहित नवगठित कार्यसमितिका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाललाई कार्यलयको चावी हस्तान्तरण गर्नुभएको थियो । साथै, नवनिर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरू उपाध्यक्ष श्री प्रमोद प्रधान, महासचिव डा. ध्रुवकुमार घिमिरे, सचिव श्री यशु श्रेष्ठ, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी, सदस्यहरु डा. ऋषिराम शर्मा, श्री एकाराम सिं, डा. जयन्ती रुपाखेती, डा. यादेवी ढकाल, डा. विष्णुकुमार खत्री र शशीथापा पण्डितलाई माला लगाइदिँदै शुभकामना दिनुभएको थियो ।
२०७३ सालमा आठ वर्षदेखि माथिका बालबालिकाका लागि लेखिएको बालपुस्तकहरूमध्ये नेबासासले उत्कृष्ट ठानेको बालसाहित्य सर्जक श्री विनय कसजूद्वारा लिखित ‘माकुरालाई मोजा’ शीर्षकको पुस्तकलाई नेबासास उत्कृष्ट बालपुस्तक लेखन पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार खोटाङ जिल्लामा आयोजिक २५ औँ राष्ट्रिय बालसाहित्य सम्मेलनमा वितरण गरिएको भए तापनि कारणबस सम्मेलनमा उपस्थित हुन असमर्थ रहनु भएका सर्जक कसजूलाई यही कार्यभार हस्तान्तरण कार्यव्रmममा पुरस्कार प्रदान गरिएकोा थियो । पुरस्कार राशी १० हजार र प्रमाणपत्र रहेको छ ।
कार्यव्रmममा सल्लाहकार प्रा. श्री रामकुमार पाँडे, आजीवन सदस्य श्री रोचक घिमिरेले शुभकामना व्यक्त साथै अब नेबासासले गर्नुपर्ने कार्यबारे प्रकाश पार्दै आफ्ना मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले अब किशोर साहित्यका लागि पनि नेबासासले काम गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।