Check Mail Feedback

नेबासासद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा

नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएको छ भने विभिन्न दाताहरूबाट अक्षय कोशमा रकम जम्मा गरी सोको ब्याजबाट सञ्चालन हुने गरी वि.सं. २०७९ सालमा विभिन्न नयाँ पुरस्कारहरू स्थापित भएका छन् ।
वि.सं. २०७६ र ०७७ सालको ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य लेखन तथा चित्राङ्कन’का लागि गठित पुस्तक मूल्याङ्कन तथा सिफारिस समितिको सिफारिसका आधारमा एवम् सोही समितिका संयोजकको अध्यक्षतामा पुरस्कार संस्थापकहरूको रायअनुसार नेबासास कार्यसमितिको मिति २०७९ फागुन १९ गते शुव्रmबार बसेको बैठकले तपसिलबमोजिका पुस्तक एवम् विभिन्न विधाका विशिष्ट सर्जकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

पुरस्कृत कृतिहरू –
१. वि.सं. २०७६ सालको ८ वर्षभन्दामुनि उमेर समूहको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार’ बालसाहित्य प्रतिष्ठान, नेपालद्वारा प्रकाशित लेखक श्री देवु लुइँटेलद्वारा लिखित ‘मेरो गाउँ’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसै गरी सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि साङ्ग्रिला बुकद्वारा प्रकाशित लेखक श्री विनय कसजूद्वारा लिखित ‘बोकाको आत्मकथा’ पुस्तकलाई लेखन तर्फको सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

२. वि.सं. २०७७ सालको ८ वर्षभन्दा मुनि उमेर समूहको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार’ खोजी प्रकाशन, नेपालद्वारा प्रकाशित लेखक श्री दुर्गाप्रसाद पाण्डेद्वारा लिखित ‘कुम्भको किरो’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसै गरी सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि शब्दार्थ प्रकाशनद्वारा प्रकाशित लेखक श्री विष्णु के.सी.द्वारा लिखित ‘मामाघर पोखरा’ पुस्तकलाई लेखन तर्फको सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
३. २०७६ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य चित्राङ्कन पुरस्कार’ कथालयद्वारा प्रकाशित चित्रकार विनिता बुद्धाचार्यद्वारा चित्राङ्कित ‘मनोहरको मुरली’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ । २०७७ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास सर्वोत्कृष्ट बालसाहित्य चित्राङ्कन पुरस्कार’ काठमाडौँ प्रकाशनद्वारा प्रकाशित चित्रकार नीति श्रेष्ठद्वारा चित्राङ्कित ‘छमछमको छमछमी’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
स्मरणीय छ, वि.सं. २०७५ सालका ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि लेखनतर्फको सर्वोत्कृष्ट पुरस्कार मेला बुक्सद्वारा प्रकाशित लेखक श्री रविन नेपालीद्वारा लिखित ‘पारुको पुतली’ शीर्षकको पुस्तकलाई तथा सोही सालको ८ वर्षदेखि माथिको उमेर समूहका लागि साङ्ग्रिला बुक्सद्वारा प्रकाशित लेखक श्री आन्विका गिरीद्वारा लिखित ‘आमाले सक्नुहुन्छ’ पुस्तकलाई र वि.सं. २०७५ सालको चित्राङ्कनतर्फको सर्वोत्कृष्ट पुरस्कार बालवाङ्मय तथा अनुशान्धान केन्द्रद्वारा प्रकाशित चित्रकारद्वय श्री अर्पिता शाक्य र पल्पसा मानन्धरद्वारा चित्राङ्कित ‘इम्जाको झस्को’ शीर्षकको पुस्तकलाई प्रदान गर्ने निर्णय गरिसकिएको थियो । कोरोनाका कारण स्थगित उक्त पुरस्कार सोही समारोहमा अर्पण गरिने छ ।
वि.सं. २०७६ एवम् २०७७ का उत्कृष्ट पाँच पुस्तकहरूको सूची

वि.सं. २०७६ सालको ८ वर्षभन्दा मुनिको उमेर समूहतर्फ ः
क्र.सं. शीर्षक सर्जक प्रकाशक
१. मेरो गाउँ देवु लुइँटेल बालसाहित्य प्रतिष्ठान, नेपाल
२. म त हजुरबा विश्व विनोद खोजी प्रकाशन
३. जुरे हरिवंश आचार्य रुम टु रिड
४. रधिया र शिवगज भवसागर घिमिरे रुम टु रिड
५. सेल्फीको रहर रामदेव पाण्डे कथालय
वि.सं. २०७६ सालको ८ वर्षदेखि माथिको उमेर समूहतर्फ ः
१. बोकाको आत्मकथा विनय कसजू साङ्ग्रिला बुक्स
२. घमण्डको परिणाम गणेशप्रसाद भट्टराई ऐरावती प्रकाशन
३. सविनाको डायरी विजय चालिसे बालसंसार
४. मञ्जु र कमिला रामप्रसाद ज्ञवाली ऐरावती प्रकाशन
५. आगोको बीउ श्यामकृष्ण खुलिमली कथालय
वि.सं. २०७७ सालको ८ वर्षभन्दा मुनिको उमेर समूहतर्फ ः
१. कुम्भको किरो दुर्गाप्रसाद पाण्डे खोजी प्रकाशन
२. पहिलो टिकट रामबाबु सुवेदी रुम टु रिड
३. किकी बूँद राना खोजी प्रकाशन
४. छमछमको छमछमी अनुराधा काठमाडौँ पब्लिकेसन
५. मैँचा र फगुनी कृष्णराज सर्वहारी रुम टु रिड
वि.सं. २०७७ सालको ८ वर्षदेखि माथिको उमेर समूहतर्फ ः
१. मामाघर पोखरा डा. विष्णु के.सी शब्दार्थ प्रकाशन
२. बास्ना आउने बाँसुरी रोशन पोखरेल साङ्ग्रिला बुक्स
३. सम्पदा दर्शन सुशीला देउजा बालसाहित्य प्रतिष्ठान
४. जूनकिरी बाजुराम पौडेल सुरभी साहित्य प्रतिष्ठान
५. सेकुवा कृष्णदीप सिग्देल साङ्ग्रिला बुक्स
नेबासास अन्य पुरस्कारहरूः–

यसै गरी वि.सं. २०७९ सालमा स्थापित नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार पहिलो बालनियात्राकार श्री भूपहरि पौडेललाई, नेबासास ध्रुवसुशीला बालसाहित्य अनुसन्धान पुरस्कार बालसाहित्यका पहिलो उत्कृष्ट अनुसन्धाता प्रा.डा. चूडामणि बन्धुलाई र नेबासास चूडाचरण बालजीवनी पुरस्कार दुई दर्जनभन्दा बढी बालोपयोगी जीवनी लेखक श्री गोपाल पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
महामारीका रूपमा फैलिएको कोरोनाका कारण वि.सं. २०७६ एवम् २०७७ सालमा राष्ट्रिय सम्मेलन आयोजना हुन नकसेकाले उक्त वर्षका पुरस्कारहरू चितवन जिल्लाको झुवानीमा यही २०७९ साल फागुन २४ र २५ हुने सत्ताइसौँ राष्ट्रिय बालसाहित्य सम्मेलन, उद्घाटन सत्रको भव्य समारोहका बिच समर्पण गरिने छ । सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कनतर्फको पुरस्कारको राशि रु. दश हजार छ भने २०७९ सालमा स्थापित नेबासास अन्य पुरस्कारहरूको राशि रु. पन्ध्र हजार रहेको छ ।