Check Mail Feedback

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३

नेबासास उत्कृष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार–२०७३
नेपाल बालसाहित्य समाजले स्थापना कालदेखि हरेक वर्ष, वर्षभरिमा प्रकाशित बालसाहित्यका पुस्तकहरू मध्ये वर्षको सर्वोत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन तर्फ बेग्लाबेग्लै पुरस्कार दिँदै आएकोमा वि.सं. २०७३ को ‘नेबासास उत्कृष्ट बालसाहित्य लेखन र चित्राङ्कन’ तर्फ निम्न पुस्तकलाई पुरस्कृत गर्ने निर्णय समाजको कार्यसमितिको मिति २०७४ फागुन २० गते आइतबार बसेको बैठकले मूल्याङ्कन समितिको सिफारिस अनुसार घोषणा गरेको छ ।
पुरस्कृत कृतिहरू ः–
१. ८ वर्षभन्दा मुनिको उमेर समूहको २०७३ सालको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास उत्कृष्ट बाल साहित्य लेखन पुरस्कार’ बुक आर्टद्वारा प्रकाशित लेखक श्री कार्तिकय घिमिरेद्वारा लिखित ‘फुच्चे नानी सूर्य भेट्न गइन्’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
२. ८ वर्षदेखिमाथिको उमेर समूहको २०७३ सालको उत्कृष्ट बालसाहित्य लेखनतर्फ ‘नेबासास उत्कृष्ट बाल साहित्य लेखन पुरस्कार’ भुँडिपुरान प्रकाशनद्वारा प्रकाशित लेखक श्री विनय कसजूद्वारा लिखित ‘माकुरालाई मोजा’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
३. ८ वर्षभन्दा मुनिको उमेर समूहको २०७३ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास उत्कृष्ट बाल साहित्य चित्राङ्कन पुरस्कार’ रुम टु रिडद्वारा प्रकाशित चित्रकार सोनाम तामाङद्वारा चित्राङ्कित ‘आहा ! रिवन’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
४. ८ वर्षदेखि माथिको उमेर समूहको २०७३ सालको उत्कृष्ट बालसाहित्य चित्राङ्कनतर्फ ‘नेबासास उत्कृष्ट बाल साहित्य चित्राङ्कन पुरस्कार’ कथालय प्रकाशनद्वारा प्रकाशित चित्रकार समित श्रेष्ठद्वारा चित्राङ्कित ‘व्रिmसमसको उपहार’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यी पुरस्कारहरू नेबासास र दिक्तेलरुपाकोटमजुवागढी नगरपालिका, खोटाङको स्थानीय आयोजकत्वमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल यही फागुन २४ गतेदेखि २७ गतेसम्म हुने पच्चीसौँ राष्ट्रिय बालसाहित्य सम्मेलनमा प्रदान गरिने छ । यी हरेक पुरस्कारको राशी रु दश हजारका रहेका छन् ।