Check Mail Feedback

परिचय पठाउने बारे

श्री … … … …. …. …

आजीवन÷साधारण सदस्यज्यूहरु ,

नेपाल बालसाहित्य समाज

विषय ः परिचय पठाउने बारे ।

नेपाल बालसाहित्य समाजले आप्mना सदस्यहरूको परिचय समेटेर एक परिचयात्मक कृति (प्रोफाइल) प्रकाशित गर्ने कुरा यस अघि नै यहाँलाई जानकारी गराइसकिएको छ । यहाँको परिचय अहिलेसम्म हामीलाई उपलब्ध नभएकाले उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ । आप्mनो निम्न ढाँचाअनुसारको परिचय यस इमेल ठेगाना shresthayashu9@gmail.com मा २०७४ साउन १ गते आइतबारभित्रै पठाउन हुन हार्दिक अनुरोध छ भनिएकोमा अहिलेसम्म नआइपुगेकोले पुनः अनुरोध गरिन्छ । समय घर्केपछि आएका वा आउँदै नआउएका परिचयलाई त कसरी समावेश गर्न सकिएला र हगि ? असमर्थताको लागि यहाँले फोन नं ९८४१२४०१६१ (प्रमोद प्रधान) वा ९८४१६३४६४३ (यशु श्रेष्ठ) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।

कृपया, यो इमेल पाउनुहुने सदस्यज्यूहरुले नेबासासका अन्य सदस्यहरुलाई पनि यो इमेल फरवार्ड गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । धन्यवाद ।

परिचयमा समावेश गर्नुपर्ने विषय ः

१.जन्म मिति र स्थान (जन्मपत्रिका (चिना)अनुसारकै) ः

२. शिक्षा (उत्तीर्णमात्र) ः

३. ठेगाना (स्थायी÷अस्थायी, जिल्ला, नपा÷गाउँपालिका, वडा नंं, टोल) ः

४. सम्पर्क फोन नं. (घर र मोबाइल) ः

५. इमेल ठेगाना ः

६. प्रकाशित कृतिहरू (बालसाहित्यका मात्रै) ः

७. पुरस्कार र सम्मानहरू (बालसाहित्यका लागि प्राप्त मात्रै) ः

८. सम्पादन (बालसाहित्यसम्बन्धी कृति र पत्रपत्रिका मात्रै) ः

९. बालसाहित्यसम्बन्धी सङ्घसंस्थामा संलग्नता (पद, समयावधि) ः

१०. हालसालै खिचेको पासपोर्ट साइजको एकप्रति फोटो ।

नोट ः बालसाहित्यसम्बद्ध अन्य केही गतिविधि तथा कार्यहरू भए सोसमेत उल्लेख गर्ने । बालसाहित्यमा भए गरेका योगदान बाहेक अन्य प्रकाशित हुने छैन ।

 

संयोजक

प्रमोद प्रधान

नेबासास