Check Mail Feedback

बालसाहित्य र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम

केन्द्रीय बालकल्याण समिति, नेपाल बालसाहित्य समाज र बालसञ्चार केन्द्रकाे संयुक्त अायाेजनामा बालसाहित्य र सञ्चार विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैँकाे बबरमहल स्थित सापफल्चामा २०७४ पुष १८ गते आयोजना भएकाे यस कार्यक्रमका सहभागीहरुले पत्रकार र साहित्यकारले बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बालबालिकाको आत्मसम्मानमा ठेस पुर्याउने जस्ता सामाग्री प्रस्तुत नगर्न समेत जोड दिएका छन्। यसैगरी बालबालिकाको अश्लील सामाग्री प्रस्तुत गर्न नहुने, उनीहरुलाई हानी पुर्याउने सामाग्री प्रकाशन र प्रशारण गर्न नहुने, बालबालिका पिडित हुने गरी परिचय खुलाउन नहुने लगायतका कुरामा ध्यान पुर्याउन समते अनुरोध गरियो ।

कार्यक्रममा बालअधिकारकर्मी तथा नेबासासका अाजीवन सदस्य गौरी प्रधानले ‘संघीय संरचनामा बालअधिकारः साहित्य र सञ्चार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै विश्वका धेरै संविधानहरुको अध्ययन गर्दा नेपालको संविधान बालमैत्री हिसावले उत्कृष्ट रहेको उल्लेख गर्नुभयो । यसैगरी कार्यपत्रमा बालबालिकाले कस्तो समाचार वा साहित्य सिर्जना मन पराउँछन् , त्यस बारेमा साहित्यकार तथा पत्रकार चनाखो भएर बालबालिको सर्वोत्तम हितमा क्रियाशील हुनपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार बालमैत्री बनाउन सरकारले १० प्रतिशत छुटै रकमको व्यवस्था गरेको साथै बालमैत्री गाउँपालिका भनेर घोषणा गरेमा १५ प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको जानकारी गराउँदै साहित्य र सञ्चार माध्यम बालमैत्री अभियानमा सक्रिय बन्नु पर्ने बताउनुभयो ।

यसैगरी  बालसाहित्य सर्जक तथा नेबाससका अाजीवन सदस्य अनन्त वाग्लेले ‘बाल साहित्य तथा सञ्चारमा बाल सहभागिता वृद्धि’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र चारित्रिका विकासमा सहयोग पुग्ने गरी समाचार र साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो । घर, विद्यालय, समाजमा बालबालिकाको सहभागिता वृद्धि गर्नुका साथै बालबालिकालाई सहभागी गराउनु पर्नेमा जोड दिदै सञ्चारमाध्यम र साहित्यमार्फत बालबालिकाको संघर्षका कथा, प्रतिभा पहिचान, असल अभ्यास, असमानताको अन्त्य जस्ता कुराहरु आउनुपर्ने बताउनुभयो ।

बालसञ्चार केन्द्रका सल्लाहकार शुभराज पोखरेलले बालवालिकाको क्षमता, रुचि फरक फरक हुने हुदा पढाईलाई मात्र केन्द्रमा राखेर अभिभावकले सोच्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा बालसञ्चार केन्द्रका अध्यक्ष रविराज बसौलाले साहित्य र सञ्चारले बालबालिकाका भावना समेटी उनीहरुका समस्या, सवाललाई सहज रुपमा अगाडी बढाउन महत्वपूर्ण योगदान दिन सक्ने भएको बताउनु भयो । कार्यक्रमको सहजीकरण केन्द्रीय बालकल्याण समितिका तर्फबाट ज्ञानेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष तेजप्रकाश श्रेष्ठ, उपाध्यक्ष डा. शैलेन्द्रप्रकाश नेपाल, सचिव यशु श्रेष्ठ, सदस्यहरु ध्रुव घिमिरे, यादेवी ढकाल, राजेन्द्रभक्त जाेशी  तथा अाजीवन सदस्य अमरकुमार प्रधान, सुसिला प्रधानाङ्ग, उद्धवप्रसाद प्याकुरेल, शान्ता दाहाल, कृष्णदीप सिग्देलले अाअाफ्ना धारणा राख्नु भएकाेथियाे । बालअधिकार कर्मी  सर्जक कृष्ण सुवेदी,  रत्न उप्रेती, सुशील मैनाली, बुद्धि पौडेल लगायलते बालबालिकामा सकरात्मक समचारहरु एकदम कम आउने गरेको र बालबालिकालाई सरल र बुझ्ने भाषाका हरेक कुरा बझाउन सकिने धारणा राख्नुभएको थियो ।