विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा
“नेपालमा बालपुस्तक” वेभिनार सम्पन्न
वैशाख १० गते, काठमाडौँ,
नेपाल बालसहित्य समाजको आयोजना, बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सहआयोजना तथा रुम टु रिड, द एसिया फाउन्डेशन र नेपाल पुस्तकालय संघसँगको सहकार्यमा “नेपालमा बालपुस्तक” विषयक एक वेभिनार सम्पन्न भएको छ ।
अप्रिल २३ लाई विश्वभर “विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस”का रूपमा मनाइन्छ । पढ्ने बानीको विकास तथा सर्जकको मौलिक हकको रक्षा गर्ने उद्देश्यले सन् १९९५ मा फ्रान्सको राजधानी पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोको महासभाले यस दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस”का रूपमा मनाउने घोषणा गरेको हो । सोहीअनुसार हरेक वर्ष यही दिनमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “आदिवासी भाषा”लाई जोड दिएर विश्वभर यो दिवस मनाइदै छ ।
विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम शेक्सपियर र गार्सिलाको पी ला वेगाको महाप्रस्थानको सम्झनामा पनि यो दिवस मनाइन्छ ।
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ कार्यान्वयनमा छ । मौलिक रचनात्मक शुकार्यको मौलिक हक संरक्षणका लागि २०६१ सालमा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको स्थापनापश्चात यो दिवस अझ प्रभावकारी र निरन्तर रूपमा मनाउँदै आइएको छ ।
यसै दिवसका अवसरमा सम्पन्न यस वेभिनार नेबासासका अध्यक्ष प्रा. डा. ध्रुवकमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । नेबासासका महासचिव यशु श्रेष्ठले “विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस”का बारेमा बोल्दै कार्यक्रम सुरुवात गरेका थिए । नेबासासका महासचिव यशु श्रेष्ठले सञ्चालन गरेको यस कार्यव्रmममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले उपस्थित अतिथि महानुभावहरूलाई स्वागत गरेका थिए ।
कार्यव्रmममा बालसाहित्यका इतिहासकार, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवं नेबासासका उपाध्यक्ष प्रमोद प्रधानले ‘नेपालमा बालपुस्तक’ विषयमा बोल्दै बालसाहित्यको इतिहास र विकासव्रmमलाई चरणवद्ध चर्चा गरेका थिए । उनले हाल नेपाली बालसहित्यको अवस्थालाई चर्चा गर्दै वि सं २०६० यता धेरै बालसर्जकहरू बालसहित्यप्रति आकर्षित भएको र बालसाहित्यको तिव्र विकास भएको कुरा बताएका थिए । यसैगरी पाठ्यव्रmम विकास केन्द्रका निर्देशक एवं नेपाल सरकार शिक्षा मन्त्रालयका उपसचिव गणेशप्रसाद भट्टराईले पाठ्यव्रmम विकास केन्द्रले मातृभाषा पठन पाठनका लागि गरेको व्यवस्था, मातृभाषा विकासका लागि गरेका प्रयास र अभ्यासको चर्चा गर्नुका साथै स्तरीय पाठ्यपुस्तकका लागि बालसाहित्यको महत्व अपरिहार्य रहेको कुरा बताएका थिए । कार्यव्रmममा कृष्णराज सर्वहारीले थारु भाषामा बालसाहित्यको हालको अवस्था र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।
रुम टु रिड नेपालका प्रतिनिधि नेत्र दाहालले बालपुस्तक प्रकाशन र पठन संस्वृmति विकासमा रुम टु रिडले गरेका प्रयासको चर्चा गरेका थिए । उनले मातृभाषामा बालपुस्तक लेखनको जति आवश्यकता, त्यति चुनौती रहेको कुरासमेत बताएका थिए । तामाङ भाषाका विषय विशेषज्ञ अमृत योञ्जन–तामाङले तामाङ भाषाका बालपुस्तकको अवस्था बारे चर्चा गरेका थिए । उनले तामाङ भाषामा बालपुस्तक जन्मेको तर बामे सर्न नसकेको कुरा औल्याउँदै नेपाल सरकार, नगरपालिका, गाउँपालिका र तामाङ घेदुङ संघले तामाङ भाषामा बालपुस्तक लेखनका लागि गरेका प्रयासका बारेमा पनि बताएका थिए । नेबासासका पूर्वअध्यक्ष तेजप्रकाश श्रेष्ठले नेपाल भाषाका बालसहित्य इतिहास र हालको अवस्था चर्चा गरेका थिए । द एसिया फाउन्डेसनकी प्रतिनिधि समिरा श्रेष्ठले इ लाइबेरीको आवश्यकता र महत्वको चर्चा गर्दै एशिया फाउन्डेसनले “इ लाइबेरी सञ्चालन, नेपाली र मातृभाषामा बालसाहित्य सङ्कलन÷प्रकाशनमा द एसिया फाउन्डेसनले गरेका प्रयासका बारेमा पनि चर्चा गरेकी थिइन् । सर्जक नवराज रिजालले भोजपुरी भाषाका बालसाहित्यको हालको अवस्था चर्चा गरेका थिए । नेपाल पुस्तकालय संघकी प्रतिनिधि तथा डिल्लिरमण–कल्याणी रेग्मी पुस्तकालयकी अध्यक्ष इन्दिरा दलीले नेपालमा पुस्तकालय र बालपुस्तकालयको विगतदेखि वर्तमानसम्मको अवस्था, पुस्तकालय र अझ बालपुस्तकालयको आवश्यकता, महत्व र अपरिहार्यलाई दर्शाउँदै आफ्नो विचार राखेकी थिइन् । नेपाल बालसहित्य समाज कार्यसमिति सदस्य उद्धवप्रसाद प्याकुरेलले समग्र कार्यव्रmमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यव्रmमको अन्तमा अध्यक्ष प्रा.डा.धु्रवकुमार घिमिरेले स्तरीय बालपुस्तक लेखन र प्रकाशन विकासमा नेपाल बालसाहित्य समाजको भूमिकाको चर्चा गर्दै कार्यव्रmम समापन गरेका थिए । कार्यक्रममा विषय विशेषज्ञलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।