२५ औँ साधारण सभा भव्यताका साथ सम्पन्न

नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकास तथा बालबालिकाहरूमा सिर्जनशीलता विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्ष्यतामा आफ्नो २५ औँ साधारण सभा गरेको हो ।

२०७९ कार्तिक १९ गते काठमाडौँमा सम्पन्न साधारण सभाको पहिलो सत्र ‘सम्मान समारोह’मा वरिष्ठ बालसाहित्य सर्जक तथा नेबासासका मानार्थ सदस्य शान्तदास मानन्धर प्रमुख व्यक्तित्व रहनुभएको थियो ।

नेबासासका अग्रज सदस्यहरूलाई सम्मान गर्ने समाजको उद्देश्यलाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रमको पहिलो सत्रमा नेबासासका अग्रज सदस्यहरू बालसाहित्य सर्जकहरू


गेहेन्द्रमान उदास पोखरेली, रमेश खकुरेल र स्नेहा पोखरेल (वि.सं.२०७७) तथा नेबासासका संस्थापक रामकुमार पाँडे, बालसाहित्य सर्जक तथा पूर्व अध्यक्ष तेजप्रकाश श्रेष्ठ तथा सर्जक वशुश्री पाण्डेलाई सम्मान गरिएको थियो । अस्वस्थताका कारण गेहेन्द्रमान उदास र वशुश्री पाण्डे अनुपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य मञ्जु ज्ञवाली गर्नुभएको थियो भने समाजका उपाध्यक्ष श्री प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको संचालन महासचिव यशु श्रेष्ठ र सचिव डा. यादेवी ढकालले गर्नुभएको थियो ।

यही सत्रमा यसै वर्षदेखि प्रदान गरिने गरी चारवटा पुरस्कारहरू पनि घोषणा गरिएको थियो ।

पुरस्कारहरू यसप्रकार रहेका छन् :

नेबासास अक्षर सदन सुलेखन पुरस्कार – अक्षय कोश रु एक लाख – सुन्दर हस्तलेखन हुने बालबालिकाका लागि । प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई क्रमशः ४०००, ३००० र २००० पुरस्कार प्रदान गरिने छ । यसका संस्थापक अक्षर सदन रहेको छ । नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकसाहित्य पुरस्कार – अक्षय कोश रु दुई लाख – बालनियात्रा÷लोकवार्तामा कलम चलाउनु हुने सर्जकका लागि रु १५००० को पुरस्कार प्रदान गरिने छ । यसका संस्थापक तेपप्रकाश श्रेष्ठ र उहाँका सुपुत्र रहनुभएको छ । नेबासास ध्रवसुशीला बालसाहित्य अनुशन्धान पुरस्कार – अक्षय कोश रु दुई लाख – बालसाहित्य अनुशन्धाताका लागि रु १५००० को पुरस्कार प्रदान गरिने छ । यसका संस्थापक प्रा डा ध्रुवकुमार घिमिरे र उहाँका सुपुत्र रहनुभएको छ र नेबासास चूडाचरण बालजीवनी पुरस्कार – अक्षय कोश रु दुई लाख – बालजीवनी लेखकका लागि रु १५००० को पुरस्कार प्रदान गरिने छ । यसका संस्थापक प्रा. डा. चूडामणि बन्धु तथा उहाँका सुपुत्र रहनुभएको छ ।

यही सत्रमा नेबासास बालसाहित्य सर्जक कोश पनि लोकार्पित भएको थियो । यो कोशमा विशेषतः नेबासासका आजीवन सदस्यहरूको बालसाहित्यमा गरिएका कामका व्यक्तिगत विवरणहरू समेटिएका छन् ।

सभाको माइन्युटमा प्रमाणीकरण हस्ताक्षरका लागि आजीवन सदस्यहरू चिन्तामणि पोखरेल, होम भट्टराई र श्री सीता सुवेदी पन्थीलाई तोक्दै सभाको दोस्रो सत्र सुरुवात भएको थियो ।
महासचिव यशु श्रेष्ठले सात प्रदेशमा उपाध्यक्ष्य रहन सक्ने गरी विधान संशोधन गर्ने, थप पुरस्कारको स्थापना गर्ने विशेष प्रस्तावसहित भिडियोमार्फत महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महासचिवले संस्थाले गरेका कार्यहरूसहित नेबासास अक्षय कोश रु एक लाख दश हजार, नेबासास बालसाहित्य सर्जक राहत कोशमा रु एक लाखको अक्षय कोश राखिएको तथा संस्थाले आगामी दिनहरूमा सम्पन्न गर्ने योजनाहरूलाई प्रस्तुत गर्नुभएको थियो ।

नेबासासको आ.व. २०७७÷७८ र ७९ को आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष राजेन्द्रभक्त जोशीले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि गहन छलफल हुँदै पारित भएको थियो । यसै सत्रमा विधान संशाेधनका पारित बुँदाहरूलाई जिल्ला प्रशासन कार्यालय समेतबाट स्वीकृति सम्मका प्रकृयाका लागि प्रा. डा .कपिलदेव लामिछाने र हरिप्रसाद भण्डारीकाे सहयाेग समिति गठन गरिएको थियो ।


सधारण सभाद्वारा हरिप्रसाद भण्डारीको संयोजकत्वमा सदस्यद्वय शर्मिला खड्का दाहाल र होम भट्टराई सहितको निर्वाचन समितिको पनि गठन थियो । दुवै सत्रलाई जुम तथा फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यसमिति सदस्यहरू उद्वव प्याकुरेल, शान्ति सापकोटा, सजनी नौवागे र सुशीला प्रधानाङ्गको कार्यक्रम व्यवस्थापन लोभ लाग्दो थियो ।
अन्त्यमा सभालाई सम्बोधन गर्दै सभाध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेले सभा समापन भएको घोषणा गर्नुभएको थियो ।