Check Mail Feedback

नयाँ कार्यसमिति गठन – २०७७-०७९

काठमाडौँ । नेपाल बालसाहित्य समाजको २०७७–७९ का लागि नयाँ कार्यसमिति प्रा. डा.ध्रुवकुमार घिमिरेको नेतृत्वमा गठन भएको छ । २०७७ माघ ३ गते भएको नेबासासको निर्वाचनबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका हुन् । कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षमा श्री प्रमोद प्रधान, महासचिवमा श्री यशु श्रेष्ठ, सचिवमा डा. यादेवी ढकाल र कोषाध्यक्षमा श्री राजेन्द्रभक्त जोशी तथा सदस्यहरूमा श्री उद्धव प्याकुरेल, श्री एकाराम सिं, श्री मञ्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ्ग रहेका छन् ।

नेबासासको विधान–२०४४(संशोधनसहित) अनुसार कार्यसमिति निर्वाचनका लागि श्री मातृका पोखरेलको संयोजकत्वमा श्री कार्तिकेय घिमिरे तथा श्री प्रभा भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । यस कार्यसमिति निर्वाचनमा अध्यक्षमा श्री केदार श्रेष्ठ, उपाध्यक्षमा श्री कृष्णदीप सिग्देल, महासचिवमा श्री विजयराज आचार्य, सचिवमा श्री सूर्य वि.सि. तथा सदस्यहरूमा श्री कृष्णराज सर्वहारी, श्री लालबहादुर भुजेल र श्री समन श्रेष्ठको उमेदवारी रहेको थियो । सदस्यहरूमा श्री उद्धव प्याकुरेल, श्री मञ्जु ज्ञवाली, श्री शान्ति सापकोटा, श्री सजनी नौबागे र श्री सुशीला प्रधानाङ्क नयाँ अनुहार हुन् भने अन्य पदाधिकारी तथा सदस्य महानुभावहरूले यस अघिका कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।