Check Mail Feedback

नेबासास पुरस्कार सम्बन्धी नियम

१) नेबासासले प्रत्येक विव्रmम संवतभरि लेखिएको सर्वश्रेष्ठ लेखन र चित्राङ्कनका लागि दुई–दुई गरी चार पुरस्कारको घोषणा गर्नेछ ।

२) बालसाहित्य भन्नाले १५ वर्षसम्मका बालबालिकाका लागि तयार गरिएका कुनै पनि विषयका बालपुस्तकलाई जनाउछ । लेखन र चित्राङ्कनका लागि बेग्लाबेग्लै पुरस्कार दिइने भएकाले चित्राङ्कित नगरिएको लेखनका लागि वा लेख नभएको चित्राङ्कनका लािग पनि पुरस्कार प्रदान गर्न सकिनेछ । दुवै पुरस्कार एउटै पुस्तककलाई पनि दिन सकिनेछ ।

३) पुस्तकमा प्रकाशित विव्रmमीय वर्षको मितिलाई आधार मानिनेछ । पुस्तकमा वर्षको संकेत नभएमा कुनै पनि पुस्तकालयमा दर्ता भएको मितिलाई आधार मानिने छ वा सम्बन्धित पक्षले नेबासासको नाममा पठाएको चिठी भए त्यसलाई पनि आधार मान्न सकिने छ । पुस्तकमा ई.सं. वा अन्य कुनै पनि संवत् भएमा विव्रmमीय संवत्को चैत्र मसान्तको मितिलाई आधार मानिनेछ । अन्य संवत्को मिति मात्र उल्लेख भएको हकमा चैत्र मसान्तमा पूरा भएको वर्षलाई आधार मानिनेछ ।

४) पत्रिकाका लेख र अनूदित कृतिलाई पुरस्कार दिइने छैन तर अनूदित कृतिका चित्राङ्कनकर्तालाई पुरस्कृत गर्न सकिनेछ । कुनै एक कृतिका लेखक वा चित्राङ्कनकर्ता एक भन्दा बढी भएमा संयुक्त रुपमा पुरस्कार दिन सकिनेछ ।

५) सर्वश्रेष्ठताको निर्णय गर्नु पर्ने हुनाले कृति बाहेक अरु कुनै कुरालाई आधार मानिने छैन । सर्वश्रेष्ठ लेखन तथा चित्राङ्कन पुरस्कार नेपाली नागरिक वा नेपालीमूलका लेखक वा चित्रकारलाई मात्र प्रदान गरिने छ ।

६) नेपाल भित्रबाट प्रकाशित कुनै पनि भाषाका बालपुस्तकहरु र नेपाल बाहिरबाट प्रकाशित नेपाली भाषाका बालपुस्तकहरुलाई नेबासास पुरस्कारको प्रयोजनका निम्ति नेपाली बालपुस्तक भनेको हो ।

७) समाजको काम सर्वश्रेष्ठता घोषणा गर्ने हो । त्यसैले घोषणाभन्दा अघि लेखक वा चित्राङ्कनकर्तासँग स्वीकृति लिइने छैन ।

८) नेबासासले सर्वश्रेष्ठ (लेखन तथा चित्राङ्कन) कृति छनौट गर्न एउटा मूल्याङ्कन समिति गठन गर्ने छ । सो समितिलाई नेबासासले वर्षभरिको उपलब्ध कृतिहरु उपलब्ध गराउने छ ।

९) समितिमा रहेका सदस्यले आपूmद्वारा लिखित तथा सम्पादित कृति भएमा सो को मूल्याङ्कन गर्न पाउने छैन ।

१०) मूल्याङ्कन समितिले उपलब्ध कृतिहरुको अध्ययन गरी १० सर्वश्रेष्ठ कृतिको सूचि तयार गर्ने छ तथा सर्वश्रेष्ठ लेखक र चित्राङ्कनकर्ताको कृतिका विशेषताको वर्णन छट्टाछुट्टै कम्ती १५० शब्दमा गरी रायसहित निर्धारित मितिभित्र सिफारिस गरी पठाउने छ ।

११) मूल्याङ्कन समितिद्वारा सिफारिस भई आएको सर्वश्रेष्ठ कृतिको घोषणा नेबासासको कार्यसमितिले गर्नेछ ।

१२) कृति मूल्याङ्कन सम्बन्धी आधार कार्यसमितिले निर्माण गरी मूल्याङ्कन समितिलाई उपलब्ध गराउने छ ।

१३) नेबासासद्वारा प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट बालपुस्तक लेखन तथा चित्राङ्कन पुरस्कारका लागि ३÷३ प्रति कृति आगामी वर्षको जेठ मसान्तभित्र नेबासासको कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । त्यसपछि उपलब्ध कृतिलाई समावेश गरिने छैन ।