Check Mail Feedback

बालबालिका र कथावाचन कार्यक्रम

विश्व कथावाचन दिवस२०२१

विश्व कथावाचन दिवस २०२१ को अवसरमा नेपाल बालसाहित्य समाजले बालबालिका र कथावाचन कार्यक्रम आयोजना गरको छ । मार्च २० लाई विश्व कथावाचन दिवस भनेर विश्वभर मनाउने गरिन्छ । यसै दिवसमा कथावाचक समाज र रुम टु रिड (पढ्नका लागि कोठा)सहितको आयोजना तथा नवसर्जक साहित्य चौतारी र नेपाल आदर्श मा.वि.को सहकार्यमा यो कार्यक्रम भएको हो । भर्चुअल रूपमा सम्पन्न यस कार्यक्रममा नेपालका विशिष्ट कथावाचकहरूसहित विभिन्न विद्यालयका बालबालिकाहरूले कथावाचन गरेका थिए । सङ्गीतसहितको कथावाचनबाट नेबासासका महासचिव यशु श्रेष्ठले कार्यक्रम सुरुवात गरेका थिए । सानो बाबू सुविज्ञ शर्माको कथावाचनपछि कथावाचन कार्यक्रम अगाडि बढेको थियो । कथावाचक समाजका उपाध्यक्ष कृष्णदीप सिग्देलले कथावाचन, कथावाचन दिवस र यसको महत्वका बारेमा प्रकाश पारेका थिए । उनले स्वीडेनबाट सुरु भएको यो दिवस र यसका विषयहरूका बारेमा बोल्दै यसको इतिहासलाई कोट्याएका थिए । रुम टु रिडका प्रतिनिधि अनन्त वाग्ले, पुराना कथावाचक नुपूर भट्टाचार्य, बालसाहित्य सर्जक शाश्वत पराजुली, वसुश्री पाण्डे, अनुराधा शर्मा, केदार श्रेष्ठले विभिन्न कथाहरू कथावाचन गरेका थिए । यसै गरी बालबालिकाहरू हिमांसु विष्ट, बसन्ती कुँवर, रौनक शाह, सोफिया भण्डारी, स्मृति के सी र रचना भण्डारीले पनि कथावाचन गरेका थिए ।

नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रशन्ना चौलागाई, नेपाल आदर्श मा.वि.का सहायक प्रधानाध्यापक करुणा प्रधान, सिएलएफएनका कार्तिकेय घिमिरेसहित सात दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसहित भव्यताका साथ संचालन भएको कार्यक्रमलाई नेबासासका कार्यसमिति सदस्य सजनी नाैबागेले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम नेबासासका अध्यक्ष प्रा डा ध्रवकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियाे।