Activities
महासचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन
नेपाल बालसाहित्य समाजको २५ औँ साधारण सभा–२०७९ मा महासचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन यस गरिमामय सभाका अध्यक्षज्यू ! मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू एवम् उपस्थित आदरणीय सदस्य महानुभावहरू, सबैमा हार्दिक अभिवादन । २०४४ सालको भाद्र महिनाको पहिलो हप्तामा युनेस्कोको आर्थिक सहयोगमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा. श्री चूडामणि बन्धुको...
Read More२५ औँ साधारण सभा भव्यताका साथ सम्पन्न

नेपाल बालसाहित्य समाजले आफ्नो ऐतिहासिक २५ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । बालसाहित्य तथा पठन सिप, संस्कार र संस्कृतिको विकास तथा बालबालिकाहरूमा सिर्जनशीलता विकासका लागि वि. सं. २०४४ सालमा संस्थापित नेबासासले अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्ष्यतामा आफ्नो २५ औँ साधारण सभा गरेको हो ।...
Read Moreदुई दिने बालसाहित्य महोत्सव सम्पन्न

नुवाकोट — नेपाल बालसाहित्य समाज, रुम टु रिड तथा रुडेक नेपालको आयोजनामा नुवाकोट जिल्लाको बट्टारमा दुई दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । बट्टारको आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा ‘किताब पढौँ, अगाडि बढौँ’ भन्ने नाराका साथ २०७९ असोज ४ र ५ गते गरिएको महोत्सवलाई ३ हजार बालबालिका, शिक्षक तथा अभिभावकले...
Read Moreआईबिबिवाई अन्तर्राष्ट्रिय सम्मेलन – २०२२ मा सहभागिता

नेपाल बालसाहित्य समाज लामो समयदेखि इन्टरनेशनल बोर्ड अन बुक्स फर योङ पिपुल (आईबिबिवाई) को सदस्य रहँदैआएको छ । एउटा देशको एउटा मात्र संस्थालाई प्रतिनिधिको रूपमा सदस्य बनाउने आईबिबिवाईले नेपाल बालसाहित्य समाजलाई आफ्नो प्रतिनिधि बनाएको छ । आईबिबिवाईको सदस्य बनेदेखि यता बिचमा केही समय नेबासासमा आन्तरिक रूपमा केही समस्या आयो...
Read Moreराष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्तीमा विभिन्न कार्यक्रम

काठमाण्डौं ८ भदौं । मानववादी विश्वदर्शनका प्रवर्तक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंह विश्वविख्यात नेपाली सपुत हुन् । उनी बाँचुन्जेल राणाशाही र राजशाही सत्ताको कोपभाजनमा परिरहे । जयपृथ्वी नेपालमा सक्रिय राजतन्त्रको अन्त्य भएको साढे तीन दशक लामो समयसम्म पनि...
Read Moreशब्द र चित्र कार्यशाला

नेपाल बालसाहित्य समाज तथा नेदरल्याण्डको संस्था “थाङ फाउन्डेसन”को संयुक्त आयोजनामा काभ्रेको धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा “शब्द र चित्र” कार्यशाला सम्पन्न भयो । २०७९ असार १४ र १५ गते बालचित्र पुस्तकका सर्जक÷सम्पादक तथा चित्रकारहरूका लागि यो दुईदिने कार्यशाला आयोजना भएको थियो । उक्त कार्यक्रममा थाङ फाउण्डेसनकी प्रमुख मार्लिन फिसरको...
Read Moreसम्झौतापत्र हस्ताक्षर कार्यक्रम

रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका...
Read Moreपुस्तकसँग मित्रता

विश्वविख्यात बालसाहित्य सर्जक हान्सक्रिश्चियन एन्डरसनको २१८ औँ जन्मजयन्तीका अवसरमा विश्वका ८० भन्दा धेरै देशहरुले एकैसाथ मनाइरेको ५६ औँ अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाजको आयोजना , रूम टु रिड र सानेपास्थित टीका विद्याश्रम मा.बि.को सहआयोजनामा ‘पुस्तकसँग मित्रता’ कार्यक्रम गरिएको थियो । २०७८ चैत्र २२ गते ८० भन्दा बढी...
Read Moreकिशोर साहित्य लेखन कार्यशाला

नेपाल बालसाहित्य समाजको आयोजना तथा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सहआयोजनामा किशोर साहित्य लेखन कार्यशाला भएको थियो । २०७८ फागुन २८, २९ र ३० गते तीन दिन भएको उक्त कार्यशालामा नेबासासका सदस्यसहित नेबासासका सदस्यहरूले सिफारिस गरेका किशोर साहित्य लेखनमा रुचि राख्ने सर्जकहरूको सहभागिता रहेको थियो । नेबासासका अध्यक्षा प्रा....
Read More