Check Mail Feedback

Activities

सम्झौतापत्र हस्ताक्षर कार्यक्रम

रुम टु रिड तथा नेपाल बालसाहित्य समाजको सहकार्यमा २०७८ मंसिर १५ गते काठमाडौँमा ‘नेपालमा बालसाहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण’ शीर्षकमा एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो । त्यही सहकार्यलाई मूर्तरूप दिदैं २०७९ असार ३ गतेका दिन नेपाल बालसाहित्य समाजका तर्फबाट अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र रुम टु रिडका...

Read More

पुस्तकसँग  मित्रता

विश्वविख्यात बालसाहित्य सर्जक हान्सक्रिश्चियन एन्डरसनको २१८ औँ जन्मजयन्तीका अवसरमा विश्वका ८० भन्दा धेरै देशहरुले एकैसाथ मनाइरेको ५६ औँ अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाजको आयोजना , रूम टु रिड र सानेपास्थित टीका विद्याश्रम मा.बि.को सहआयोजनामा ‘पुस्तकसँग मित्रता’ कार्यक्रम गरिएको थियो । २०७८ चैत्र २२ गते ८० भन्दा बढी...

Read More

 किशोर साहित्य लेखन कार्यशाला

नेपाल बालसाहित्य समाजको आयोजना तथा डिल्लिरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सहआयोजनामा किशोर साहित्य लेखन कार्यशाला भएको थियो । २०७८ फागुन २८, २९ र ३० गते तीन दिन भएको उक्त कार्यशालामा नेबासासका सदस्यसहित नेबासासका सदस्यहरूले सिफारिस गरेका किशोर साहित्य लेखनमा रुचि राख्ने सर्जकहरूको सहभागिता रहेको थियो । नेबासासका अध्यक्षा प्रा....

Read More

मेरो रातो : संसारको अस्तित्व

नेपाली कतिपय संकारमा महिनावारी हुनुलाई असाध्यै नराम्रो दृष्टिकोणबाट हेरिन्छ । नछुनी भएको, पर सरेको, पन्छेको भन्ने जस्ता शब्दहरूले नै यसलाई कसरी हेरिन्छ भन्ने कुरा प्रष्ट हुन्छ । अझ पहिलो पटक महिनावारी हुँदा त किशोरीहरूले अनेक तनाव बेहोर्नुपर्छ । यही विषयलाई उठान गर्दै नेपाल बालसाहित्य समाजले युनएडिपीको आर्थिक सहयोगमा सातै...

Read More

लुइस ब्रेलको जन्मजयन्ती 

ब्रेल लिपिका जन्मदाता लुइस ब्रेलको जन्मजयन्तीमा मनाइने ‘अन्तराष्ट्रिय ब्रेल दिवस’का अवसरमा ‘पहुँचयुक्त पुस्तक र लुइस ब्रेल’ कार्यक्रम आयोजना गरिएको थियो । भर्चुअल रूपमा भएको उक्त कार्यक्रमको अध्यक्षता रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रिड नेपालकी सुस्मिता लामाले गर्नुभएको थियो । कार्यक्रममा रिड ग्लोबलको सहयोगमा रिड...

Read More

बालसहित्य प्रवर्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला

योजना कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई बुझाइने काठमाडौँ – नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा पठन सिप, पठन संस्कार र पठन संस्कृतिको विकास नहुनुका साथै कल्पनाशील, चेतनशील र सिर्जनशील बालबालिकाको निर्माणमा पनि कठिनाइ देखिइरहेको छ । यसैले असल बालपुस्तकहरूमा नै बालबालिका रमाउँछन्, यसबाट असल बालबालिकाको कल्पना र देशको सकरात्मक परिवर्तनको आशा गर्न...

Read More

बालबालिका, शिक्षक र अभिभावकका लागि पुस्तकालय र प्रयोग वेबिनार

काठमाडौँ, राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले बालबालिका, शिक्षक तथा अभिभावकका लागि “पुस्तकालय र प्रयोग” कार्यक्रम आयोजना गरेको छ । डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, रुम टु रिड, रिड नेपाल, प्याब्सन सुदूर पश्चिम प्रदेश तथा एन प्याब्सन सुदूर पश्चिम प्रदेशसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । नेबासासका अध्यक्ष प्रा. डा....

Read More

कोरोना अनुभव सङ्कलन कार्यक्रम

कोरोना महामारीका कारण विश्व त्राहिमाम् छ । २०१९ मा सुरु भएको यो महामारी कहिले मत्थर हुँदै त कहिले बेस्सरी फैलिने क्रम छाडेको छैन । यसले जनजीवनलाई असाध्यै नराम्रोसँग प्रभावित पारिरहेको छ । विद्यालयहरू बन्द छन् । बजार, यातायात, कार्यालयहरू बन्द छन् । यसले गर्दा देशको आर्थिक, समाजिक, शैक्षिक अवस्थहरू...

Read More

बालदिवस २०७८ का अवसरमा बालबालिकाले सुनाए आफ्ना बालकविताहरू

बालबालिकाले सुनाए आफ्ना बालकविताहरू काठमाडौँ, राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले “बालकविता वाचन कार्यक्रम” आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी, नेपाल, नेपाल आदर्श मा. बि. काठमाडौँ र बकेना बालबाटिका स्कुल, चितवनसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । लोकप्रिय बालसाहित्य सर्जक बूँद रानाको प्रमुख आतिथ्य, प्रभा भट्टराईको विशिष्ट आतिथ्य...

Read More

घर-घरमा बालसाहित्य

काठमाडौँ, नेपाल बालसाहित्य समाजको आयोजनामा ‘घरघरमा बालसाहित्य’ अवधारणाको एक वेभिनार सम्पन्न भएको छ । बालबालिकाकै एक सक्रिय संस्था ‘नवसर्जक साहित्य चौतारी’, कथावाचन सुन्न सकिने युट्युव च्यानल ‘सहज सिकाइ’, डिजिटल पुस्तकालय ‘साझा शिक्षा ईपाटी’, द एसिया फाउन्डेसनको ‘लेट्स रिड’ तथा बालसाहित्य र शिक्षाको क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेको संस्था रुम...

Read More